✍️ भुमिराज पौडेल
जाडो कम कम हुँदै गएको थियो । घर छेउका बासघारीमा चराहरू सुत्ने तरखर मा थिए बासघारी को छेउ को डाडा मा सिरसिर हावा चलिरहेको थियो डाँडाबाट पछाडि फर्केर हेर्दा बुढा भएका बा गोठमा गाइबस्तुलाई घाँसपानी गरेर फर्कदै थिए अनि आमा भित्र भान्सामा खाना बनाउने तयारी मा। त्यस्तै, केही मानिस पिठिउ मा डोको,घाँस, दाउराको भारी बोकि घर तर्फ आउदै थिए । अनि घर मा भएका रेडियो सुनेर बसिरहेका थिए ।
पर्बतको बाजुङमा मेरो घर ! त्यहाँ बा ले पढाउने बेला सम्म जहिले प्रथम दृतिय हुन्थे मेरा बा ज्ञद्दरज्ञघ क्लास पढेका अरे,आफुले पढ्दै पढाउदै गरेका कारण मेरा बा लाई जस्ले पनि मास्टर भन्ने रैछन तेसैले आज सम्म बा को नाम पनि मास्टर छ। त्यो समय मा टाढा गएर जागिर खानु भनेको मास्टर हुनु रैछ भन्ने गाउले को धारणा ।
औसि को रात, पुस महिना को समय,घाम डुबिसकेका थिए जुन देखिएका पनि थिएनन मानिस र जुनमा पनि एउटा भिन्नता रैछ जुन अस्ताएपछि फेरि उदाउन सक्छ तर मानिस अस्ताएपछी उदाउनु तेस्तै हो ! जुन अस्ताएर मिर्मिर का तारा झरेर गएपछी नै बिहान को सुरुवात हुने त हो ! भुपी शेरचनले भनेको जस्तो
‘हुदैन बिहान मिर्मिर मा तारा झरेर नगए
बन्दैन मुलुक दुइचार सपूत मरेर नगए’
गाउँमा दुई तिरबाट खोला बग्छ दुबै खोला बगेर तल तिर एकै ठाउँमा मिसिएको छ । अनि तेहा गहिरो ताल बनेको छ जहाँ हामी साना साना हुदा पौडी खेल्न जान्थेउ ।
म सानो हुँदा मैले मेरी आमालाई सोध्थे आमा बाबा खोइ ? आमाले घर छेउको डाँडा मा गइ दुई खोली सलल बगेको देखाउदै भन्थिनः तेरो बा उ त्यो खोलाको तिरैतिर हुँदै परदेस गएका छन । अस्ति फोनमा अब छिट्टै घर आउँछु भनेको पनि सुनेको थिए ।
त्यस्ता अस्ति कति गए कति तर बा आजसम्म परदेसबाट फर्केनन् केही बर्सपछि परदेसबाट बा फर्के । परदेसबाट फर्केका बा ले मलाइ आशिष् दिदै भने “मैले जसरी परदेसिएर जागिर खानु नपरोस तैले पढेको यहि नै काम लागोस् भगवान”
यत्तिकैमा बा लाई प्रस्न गरे बा किन प्रदेसी हुनु भएको अनि परदेशी भनेको के नि ?
बाले भने “परदेशी हुने रहर त कस्लार्इ हुन्छ र बाबू,गरिबी र बेरोजगारी को हतघडि फुकाउने उदेश्य ले म जस्ता कयौ मानिस जाने ठाउँ नै परदेस हो जहाँ उनीहरूको दुःख,पीडा, पिर, ब्यथाहरू मेरो भन्दा कम नहोला तर फरक भने अवस्य छ जहा पलपल जन्मभुमि,घर परिवार र छोराछोरी को याद मा बग्ने यो आँसु को महत्त्व बुझ्ने मानिस कोहि हुँदैन यहि नै परदेस हो सम्झनाले जति सताए पनि बिछोडको पीडाले जति तडपाए पनि भावनारूपी दियोमा कल्पनारूपि आसाका दिप जलाउदै घर को सम्झना,भरोसा र आसामा बाच्ने ठाउँ परदेश हो ।”
म सानै हुँदा बा परदेसिएको कुरा मैले आमाबाट थाहा पाएँ । मैले मेरा बालाई म जान्ने बुझ्ने भएदेखि देख्न पाएको थिइन । जब म जान्ने बुझ्ने भएको थिएँ तब मेरा बालाई देख्न पाउँदा खुसी थिए, अनि उत्सुक पनि। किनकी मेरा बा कस्ता थिए ? कस्ता छन् ? मैले देखेको थिइन मलार्इ यत्ति थाहा थियो कि मेरा पनि बा रैछन् ।
अस्ति आमासँग अब छिट्टै घर आउँछु भनेको कुरा एक कान दुई कान गर्दै मैदान सम्म फैलिएछ। गाँउभरी हल्ला भयो । बा घर आउने पक्का भयो । बा घर आउने भएपछि घरको ढाचा पनि त्यहीँअनुसार फेरियो । सल्लाहअनुसार आमाले ढोकाको दैलोमा जलसहितको अम्खोरा राखिन् । आँगनको डिलमा भएको सयपत्री फुलको बोटबाट फुल टिपेर ल्याइन् अनि अम्खोरामा हालिन् । फुलछेउमा दुबो पनि राखिन् । दुबोलार्इ बहुउपयोगी झार पनि मानिन्छ ।
पुजापाठमा दुबो अनिवार्य हुन्छ । दुबोको आयुर्वेदिकमा खास महत्त्व छ । यो जहाँ पनि सजिलै पाइन्छ । धेरैजसो औषधीय गुणका बनस्पती दुर्लभ हुन्छन् तर, दुबो जताततै पाइन्छ । दुबोको यही विशेषताका कारण ‘दुबो जस्तो मौलाओस्’ भनेर आशिर्वाद दिने प्रचलन छ ।
आमाले घरलाई चारैतिरबाट रङ्गीन बनाइन् । मैले पनि घरलाई धेरैपछि रङ्गीन देखेँ । आमा मुस्कुराएको मैले कहिल्यै पनि देखेको थिइन । त्यो पल आमाको मुहारमा एक किसिमको चमक देखे। आमाको ओठ खुसीले नाचिरहेको थियो ।
आमाले यता घरको काम गर्दै थिइन् । म बाको प्रतीक्षामा थिए। बा आउने बाटोतिर हेरेर बसिरहेको थिएँ ।
ती खोला नालाले बालाई कति बेला स्वागत गर्ला भनि डाँडाको छेउमा आउदै हेर्दै गरिरहेको थिए तर अहँ झमक्कै साझ पर्यो चराचुरुङ्गी बास बस्न डाँडा छेउको बासघारीमा आइपुगे झ्याउकिरी कराउन थाले । तर, बा आएनन्।
म निरासिदै घर आएँ । घर आउदा सबैको मुहारमा खुशी थियो केही समयपछि । घरबाट देखिने तलको बाटोमा चार ओटा लाइटहरू एकैसाथ एकैबाटो बाल्दै आएको देखेँ ।
मैले एकोहोरो लाइट बालेको मात्रै हेरे दोबाटोमा आएपछि ती लाइटहरू दुईतीर बाँडिए ।
दुइओटा मेरो गाउँतिर अनि दुइओटा पल्लो गाउँतिर अलि नजिक आएपछि दुबै जनामा मेरा बा को होलान भनी अनुमान गरेँ ।
दुबै घरको आँगनमा आइपुगेँ मैले अनुमान गरेँ । पक्कै पनि मेरा बा अगाडि अएका हुनुपर्छ ।
आफू जान्ने बुझ्ने भएपछि पहिलो पटक बालाई देख्दै थिए । बाले आएर हजुरबुबालाई ढोगेँ । अनि बालाई आमाले ढोगिन् । मैले बालाई ढोगेँ बर्सौपछि परदेसबाट आएका बाले आशिष् दिदैँ मलार्इ भने “म जसरी मेरो छोरो परदेस जान नपरोस मैले पढाईदिएको,लेखाइदिएको छु उसले सोचेको सबै पुराइदेउ भगवान ।”
बा आएपछि आमा र घरका सदस्य खुशी थियो । तर पनि आमाको दुःख घटेन । आफू जलेर सन्तानलाई खुसी दिइरहेकी छिन् मेरी आँप
मैले देखे बा को निधारमाथिको गहिरो दाग । त्यो जिम्मेवारीको दाग थियो । मेरा बा जिम्मेवारीको भरिया हुन् भन्ने मैले बुझेँ । उनी परदेशमा पनि जिम्मेवारीको भारी बोकिरहेका थिए । आज म घरबाट टाढा छु। पढ्न आएको छु मेरो यहाँ सम्मको यात्रामा बा आमाको सपना अनि मेरो बिपना जोडिएको छ ।
बा तपाईंलाई सम्बोधन गर्ने त मसगँ कुनै शब्द नै छैन तपाइँ लाई सधै बुबा भनेर बोलाउन पाइराखुँ। शारीरिक रूपले टाढा भए पनि आत्मियता गाढा छ । हजुरको कारण म यो स्थान मा छु हजुर को मुहारमा सधैँभरी खुसी छाओस, बाँकी दुःख,कष्ट,रोग, पिर, ब्यथा म आफैँ बुझौला अनि सहौला पनि तर बाबा तपाईँको निधारको जिम्मेवारीको दाग एक दिन अवश्य मेट्ने छु।
प्रतिक्रिया
-
४
