✍️ ह्यारी बोन्ड

मुक्तक – एक

यति कुरा राखेर मनमा याद राख्नुहोस्
कुनै दिन काम लाग्नेछ जिवनमा याद राख्नुहोस्
कति पैसा कै पछि मात्र भाग्नु हुन्छ महोदय
खल्ती हुँदैन कफनमा याद राख्नुहोस्

मुक्तक – दुई

एउटा प्रश्न सोध्छु आमा कसरी छिरे होलान्
यति बिघ्न आँसु आँखामा कसरी छिरे होलान्
जन्मदिने आमामा भगवान देख्दैनन् मान्छेहरू
अचम्म लाग्छ फेरि ढुंगामा कसरी छिरे होलान्

मुक्तक – तीन

मान्छे मान्छेमा मानवताको भाव किन निस्क्दैन
कति मुल्यवान छ जीवन हिसाब किन निस्कदैन
मलाई एउटै गुनासो छ यो विज्ञानसँग
बन्दुकको नालबाट गुलाब किन निस्कदैन

मुक्तक – चार

जहाँ जन्म्यो जहाँ हुर्क्यो त्यहीँ मरोस्
आफ्नै ठाउँमा केहि न केही गरोस्
एउटा माग छ ए सरकार सुनिदे
काम खोज्दै मेरो छोरो विदेशिन नपरोस्

मुक्तक – पाँच

कमाउछु भनेर धन परदेश हिँडेको छ
ए देवकोटा तिम्रो मदन परदेश हिँडेको छ
हेर्दैहेर्दै एयरपोर्टमा झरेका ती बाकसहरु
राखेर छुरामाथी गर्दन परदेश हिँडेको छ

प्रतिक्रिया

सम्बन्धित खवर