
✍️ सरस्वती अधिकारी पन्त
मुक्तक – एक
अलिकति डर खुरापातीहरूसँग छ
अलिकति डर आत्मघातीहरूसँग छ
प्रतिस्पर्धि हरुसँग त कहिलै गलिन म
धेरै डर त मलाई पक्षपातीहरूसँग छ ।
मुक्तक – दुई
गुलाब, लालुपाते र लज्जावती झारमा छु
गहिराई, वगर ,भुवरी अनि मझधारमा छु
तिमीले देखेजस्तो र सोचेजस्तो हुदै होईन
म त मेरो आफ्नै स्वभाव र आकारमा छु ।
मुक्तक – तीन
तिमी भयौ टाढा मन दुखेको छ आज
आधा मुटु आधा मन दुखेको छ आज
भरोषा थियो र त समर्पित थिए म
टुटायौ हर वादा मन दुखेको छ आज
मुक्तक – चार
भेटिएन नियत हेर्ने ऐना दुनियाँमा
विश्वास जोख्ने तुलो पनि भैन दुनियामा
यसैले त झुठोपनि सारा साँचो मानिदिए
तिमी जस्तो विश्वासघाति छैन दुनियाँमा।
मुक्तक – पाँच
न सोचेकै भईदिन्छन किन केही वातहरू
नसोचेकै वाट हुन्छन यहा अन्तरघातहरू
मात्र साक्षी जुनतारा अरु सवै अनभिज्ञ
ननिदाई गईदिन्छन किन केही रातहरू
प्रतिक्रिया
-
४