✍️ कामेश भट्ट

         गजल – एक

तिमीसँग हारेँ, म लाग्थो सफल झैँ
कुबाटोको मान्छे, बनायौ असल झैँ

भेट्यो जिन्दगीले,समस्याको हल झैँ
मलम भै तिमीले, बनायौ शीतल झैँ

घटाएर दुख त्यो, खु शी भाग लगाऊ
हो लाग्दैन जीवन,गणितमा सरल झैँ

प्रतिक्षा गरेको ,भो बर्सौ प्रियाले
प्रियाको छ झुप्रो,कहाँ खै महल झैँ

बसेको थे दिलमा,असर नै नराखी
पगालि खसाल्यौ,मलाई तरल झैँ

यो आँखा अगाडि,भो बादल खरानी
तिमी हुन्न भन्छौ, यो पत्थर भो जल झैँ

       गजल – दुई

चाहाना ज्योति हो, अध्यारो भेटिन्छ
बिहान कहाँ सबैले, उज्यालो भेटिन्छ

हिड्न त म सखारै हिडेथें के गर्ने खै
फूलै फूल्को बाटोमा काँडो भेटिन्छ !

यौटा जीवनमा अनेक मोड काट्नु पर्ने
कैले आउछ समथर कैले डाँडो भेटिन्छ

गर्न त गर्छौ पूजा पाठ तिमी मन्दिर मा
द्धौता खोज्नु तिमी हरदिन ढुङ्गो भेटिन्छ

तिमी नबोली बस बरु दुख्दैन यादले मुटु
त्यो बचनको खाटो अझै पुरानो भेटिन्छ

परदेशलाइ पसिना र जवानी बलि दिन्छु
तर पनि आफ्नामा अझै गुनासो भेटिन्छ !

प्रतिक्रिया

सम्बन्धित खवर