✍️ दर्शन सरकार

एकहुल भूइँमान्छेहरूको बीचबाट
एउटा अग्लो भूइँमान्छे
मेरो बाको अगाडि आएर
हात जोड्दै भन्छ
‘यो साल भोट मलाई दिनुस् बा ,
म बजारमूल्य घटाइदिने छु ।’

बा खुसी भए
सोचे होलान् नेताले पनि नमस्ते गर्यो ।

बाले भन्न सकेनन्
घटाउनु छ भने
सबसे पहिले आफ्नै नमस्तेको मूल्य घटाउनुस्
ता कि तपाईंको एउटा नमस्तेको बदला
मैले जीवनभर नमस्ते गर्न नपरोस्

प्रतिक्रिया

सम्बन्धित खवर