आँगन
✍️ दर्शन सरकार
एकहुल भूइँमान्छेहरूको बीचबाट
एउटा अग्लो भूइँमान्छे
मेरो बाको अगाडि आएर
हात जोड्दै भन्छ
‘यो साल भोट मलाई दिनुस् बा ,
म बजारमूल्य घटाइदिने छु ।’
बा खुसी भए
सोचे होलान् नेताले पनि नमस्ते गर्यो ।
बाले भन्न सकेनन्
घटाउनु छ भने
सबसे पहिले आफ्नै नमस्तेको मूल्य घटाउनुस्
ता कि तपाईंको एउटा नमस्तेको बदला
मैले जीवनभर नमस्ते गर्न नपरोस्
प्रतिक्रिया
-
४
