✍️ कैलाश बोगटी

मुक्तक – एक

मात्रै गरेर मेहनत देखर सपनी केही हुँदैन
लागेर एकोहोरो दिनरात नभनी केही हुँदैन
इमान र इज्जतको व्यापार गर्नेको भीडमा,
महाशयपैसा नदिई इमान्दार बनी केही हुँदैन

मुक्तक – दुई

अन्त्य हो कि हो यो नै आरम्भ जान्नु पर्छ
विनासको मूल कारण हो दम्भ जान्नु पर्छ
जुन चिजलाई तिमी लत्याउँदै छौं नि आज,
तिनै हुन तिम्रा महलका स्तम्भ जान्नु पर्छ

मुक्तक – तीन

को आफनो को बिरानो कसरी छाट्ने होला
मन भित्रका पिडाहरू कोसँग साट्ने होला।
केही दिन मात्रै टाढा हुँदा न्यास्रो लायो आमा,
हजुर नभए यो जिन्दगी कसरी काट्ने होला

मुक्तक – चार

ए मन किन जान्छस् यो तन जफत गरेर
कोही टाढा हुन्छ भने दिलमा खत गरेर
भुलिदे उसलाई जसले अर्कैलाई सम्झ्यो,
केही हुने छैन अब याद शतप्रतिशत गरेर

मुक्तक – पाँच

रहिरह्यो मनमा मेरो अझै पनि खेद
मानवता मानवको बीच पर्नाले छेद
जति विकास भएनी भौतिक स्वरूपमा,
मानसिक विकास नभएर हटेन विभेद

प्रतिक्रिया

सम्बन्धित खवर