✍️ दीर्गराज प्रियसी
रात्रीको ९ बजिसकेको थियो। ट्रेन छुट्नै लागेको थियो। प्लेटफार्मबाट ट्रेन बिस्तारै बिस्तारै दुर भईरहेको थियो। शहरको कोलाहल, धुवा धुलोबाट नाता टुट्दै शान्त प्रकृतीसँग जोडिने क्रममा थियो ट्रेन। दायाँ साईडको सिट उस्को रहेछ। लगेज सिटको तल राखेर आरामसंग बसी सकेकी थिइ उनी । हस्याङ फस्याङ गर्दै अचानक एउटा युवक आएर उस्को बायाँ पट्टिको सिटमा बस्यो। उनी आश्चर्य चकित भइन् । चेहेरा चिने चिने जस्तो लाग्यो उस्लाई। अरे यो त राज हो। अन्ततः उस्ले चिनी राजलाई ।
राजले पनि उस्लाई हेर्यो । एकछिन सम्म हेरी रहयो। दुबैलाई उकुसमुकुस भयो। तर दुबै बोलेनन्। एकछिन पछि राज त्याँ बाट उठेर अर्को सिटमा बस्यो। जो सिट उस्को थिएन। उ बाट अली पर बस्न खोज्यो राज। उ अर्थात मुस्कान। राजले चिनेको चेहेरा। त्यसैले पनि राज टाढा बस्न खोज्यो। मुस्कानबाट टाढा। र बस्यो पनि एक छिन।
मुस्कानले पनि एकछिनका लागि आफ्ना आँखा झुकाई मुस्कानले कैयौ कुराहरू एक साथ सोची। ओहो पाँच वर्ष कसरी गए थाहै भएन।
पाँच बर्ष पहिले यी दुबै एकजना साथीको विवाहमा भेटिएका थिए। विवाहको त्यो जोरसोर हंगामामै यी दुई दिल चुपचाप चुपचाप एक भैसकेका थिए। फोन नम्बर साटासाटसँगै मिल्ने, भेटिने क्रमले जोर पकडेको थियो। कहिले फिल्मी सिटी, कहिले हराभरा गार्डन त कहिले सपिङ् कम्पलेक्स। यी ठाऊँ यिनीहरूका मिलनका केन्द्रहरू थिए।
एक दिन हराभरा गार्डनमा राज कुरैकुरामा अचानक मुस्कानको काखमा पल्टियो। मुस्कान खुब सर्माई। लाजले भुतुक्क भएकी मुस्कानले हत्त न पत्त आँखा चिम्ली । ”मैले केहि गलत गरेर मुसु ?” राजले उत्तर खोज्यो। मलाई लाग्यो यो त मेरो हक हो तिमीमा, के यति हक छैनर अब मलाई तिमीमा ? मुस्कानले चुपचाप उस्को ओठमा आफ्नो ओठ राखी दिई। राजलाई त्यतिन्जेल आफ्ना सबै सवालका जवाफ मिलिसकेका थिए ।
तर, तर आज हालात अर्कै छ। जब ट्रेनमा टीटी चेकजाँचका लागि आयो तब था भो मुस्कानलाई त्यो दायाँ पट्टिको सिट राजको रहेछ। रात निकै परिसकेको थियो । उता जहाँ राज बसेको ठाऊँमा पनि सिट प्याक भैसकेको थियो। सो राज चुपचाप मुस्कानको बायाँ सिटमा आएर बस्यो। त्यसो त दुबै जना चुपचाप थिए तर दुबैको मनमा हाहाकार थियो। दुबैजना रङ्ग उडेको श्रृङ्गार जस्तो भएका थिए।
”कस्तो छौ राज तिमी…?” मुस्कानले बिस्तारै सोधी। राजले उत्तर नै दिएन। ‘मसंग बोल्दैनौ राज तिमी ? प्लिज केहि कुरा त गर मसँग….”भन्दै मुस्कानले आफ्नो हात लगेर राजको हातमा राखी। तर हात उठाउँदै आफू पनि उठेर राज दरवाजा तिर गएर उभियो। उ निकै बेचैनी भए जस्तो भयो। उस्ले खल्तीबाट चुरोट निकाल्यो, सल्कायो र त्यहि उभेर केहि याद गरीरहे जस्तो देखियो।
“राज मलाई नौकरी मिल्यो।” “ग्रेट ,कैलेबाट ज्वाईन गर्छ्यौ ?” राजले सोध्यो । पोष्टिङ टाढा भएको छ। मुस्कानले भनी ।” टाढा ? तिमी टाढा गएपछि मैले कसरी रहने यता,अब टाढा नजाउ यार, तिमी यतै जब खोजन ल।”
“यतै काँ खोज्ने, फेरी यो जब मेरो करियरको लागि एकदम राम्रो छ। यस्लाई म छोड्न सक्दिन ल।” मुस्कानले भनेकी थिई।
एक पल्ट फेरी करियर चाहनाको हातबाट एक सच्चा प्यारको गला रेटिएको थियो। त्यसपछि न राजले बोलायो न त मुस्कानले पछाडि फर्केर हेरेकी थिई। दुबैजनाले आफुलाई यती ब्यस्त बनाएकी एक अर्काको खबर सम्म लिएनन्। तर सच्चा प्यारले भने सच्चा प्रेमीहरूको खबर गरेरै छाड्दो रहेछ। बर्षौ पछि भेटिएका यी प्रेमी जोडीलाई समयले फेरी भेट गराएको थियो।
ट्रेनको त्यो डिब्बाका लाईटहरू सब निभिसकेका थिए। आधा सल्केको चुरोटलाई फालेर राज आफ्नो सिटमा बस्न आयो। उस्ले हेर्यो मुस्कान रोईरहेकी थिई।
मुस्कानले आँखाबाट आँसु थाम्दै हिम्मत राखेर फेरी बोली “तिमी यसरी उठेर किन उता गयौ ? के तिमी मलाई माया गर्दैनौं ? के मलाई अब तिमीमा कोहि हक छैन ? के….” अरु शब्द पुरा हुन नपाउँदै राजले मुस्कानलाई तनक्क आफुतीर तान्दै, आफ्नो ओठ उस्को ओठमा राखीदियो र उस्लाई आफ्नो काखीमा कस्यो।
तमाम दर्द, दुःख, पिडाहरू एकसाथ कता गए गए । एकछिन केहिबेरसम्म दुबैजना एकसाथ उस्तै बसिरहे। त्यसपछि राज सर्लक्क सरेर मुस्कानको काखीमा पल्टेर आफ्नो टाउको उस्को छातीमा टाँस्यो र निकैबेर फुसफुसायो। मुस्कानले पनि राजलाई निकैबेर सुमसुमाई रही ।
प्रतिक्रिया
-
४
