✍️ किरन थापा कृष
मुक्तक – १
मलाई बिशेष मान्ने र सम्झिने कोही भएनन
मायामा कहिले पनि नफेरिने कोही भएनन
जति आउँछन् स्वार्थ पूरा गरेर नै टाढिन्छन्
मलाई जिन्दगीभर साथ दिने कोही भएनन
मुक्तक – २
छु तिमी देखि टाढा, पिर चिन्ता लाग्या छ
हेरि बस्छु तिम्रो तस्बिर चिन्ता लाग्या छ
के थाहा हामी छुटिएर टाढा हुनु पर्ने हो कि
लागेको छ महिना मङ्सिर चिन्ता लाग्या छ
मुक्तक – ३
सकिएला बरु पुरै जिन्दगी जति सक्दैनन्
जति कोसिस गरे पनि एकरती सक्दैनन
हेलिकप्टर र पानी जहाज बनाउनेले नि
बनाउन कहिल्यै पीडाको ओखती सक्दैनन
मुक्तक – ४
मिलाउन बिग्रेको खेल, पहल भएन
रोक्नलाई यी जालझेल पहल भएन
यहाँ जताततै भ्रष्टाचार हुँदा पनि
भ्रष्टचारी पठाउन जेल पहल भएन
मुक्तक – ५
कहिले गर्न सक्दैन् ठानी प्रगती, कुट्छ अचम्म लाग्छ
गर्दै नगरी दया माया नि एकरती, कुट्छ अचम्म लाग्छ
कक्षामा छोराछोरी समान भनी पढाउने शिक्षकले नै
घरमा छोरा पाइनस भन्दै श्रीमती कुट्छ अचम्म लाग्छ
प्रतिक्रिया
-
४
