✍️ बबिता भुजेल

गजल – १

देखीन त देखीन्छ भयङ्कर भित्रबाट
खजाना केहि निस्केन यो घर भित्रबाट

झिलीमिली देखिन्छ बाहिरबाट हेर्दा
निकै अस्त-व्यस्त छ शहर भित्रबाट

सोच पत्थर भगवान बनाउनेहरू हो
कती पिडामा होला पत्थर भित्रबाट

कोही समस्याबाट निस्किन सक्दैनन्
कोहि हिरा निकाल्छन् समुन्दर भित्रबाट

असर कस्तो हुन्छ आउ हेरेर जाउ
असर निकालेको छु असर भित्रबाट

अब मलाई पासोमा पर्न सजिलो हुनेछ
उपहार आएको छ मफलर भित्रबाट

गजल – २
घर माथी घर,घर माथी घर थपिदैछन्
एकपछि अर्को गरेर रहर थपिदैछन्

नदिहरू सुकीरहेछन् एक एक गरेर
एउटा दुईटा भएर बगर थपिदैछन्

मान्छे भगवान बन्दैछ मन्दिर बाहिर
मन्दिर भित्र केवल पत्थर थपिदैछन्

कसैसंग यतिसम्म नजिक भईएछकि
जति टाढा हुँदैछु उति असर थपिदैछन्

एक्लो लाग्दैछ यस्तो भिडभाडमा पनि
लाग्दैछ म माथी अनेक नजर थपिदैछन्

प्रतिक्रिया

सम्बन्धित खवर