– ईश्वर पोखरेल
चुनावको दिन विहान सात नबज्दै घन्टी बज्यो । झ्याल खोलेर तल हेरें : शिवध्वज रहेछ ।
शिवध्वजले नमस्कार गर्यो । अनि माथि उक्लिदै भन्यो– “लौ हजुर चाडै गर्नु पर्यो । विष्णुमान दाइले ‘परिवारका सबैलाई झट्टै लिएर आइज’ भनेर पठाउनु भएको ।”
घरका सबै सदस्य सामान्य कपडामै थिए ।
मैले पातलो ज्याकेट भिरें ।
यही मतदान केन्द्रमै आई पुगेको रहेछ– विष्णुमान ।
देख्नासाथ मुसुक्क मुस्कुरायो । नमस्कार गर्यो । आराम विराम सोध्यो । ‘छोराछोरी कता के गर्दैछन्’ भनेर पनि सोध्यो । ज्याकेटमा माकुराको जालो अल्झेको रहेछ; त्यो झारी दियो ।
मतदान दिएर निस्किदाओर्दा विष्णुमान ‘एक्जिट गेट’ नजिकै आईपुगेको रहेछ ।
अघिको उसको खातिरदारी मनमा खेलिरहेको थियो ।
यसपटक भने उसले देखेर पनि नदेखेझै गर्यो ।
सोचें : मतदान गर्नुअघि र मतदान गरी सकेपछि नेताले मतदातालाई समान भ्यालु दिने भए लोकतन्त्रको हविगत यति दयनीय हुन्छ!
प्रतिक्रिया
-
४
