– रोबर्ट फ्रस्ट
कसको हो यो वन,
सायद मलाई थाहा छ
परको गाउँमा छ उसको घर,
मलाई यस्तो लाग्छ,
म यहाँ रोकिएको उसले पत्तै पाउने छैन
हिउँले ढाकिँदै गरेको वन हेरेको उसले देख्ने छैन।
मेरो सानो घोडालाई यो अलि अनौठो लाग्दो हो
नजिकै फार्म हाउस नहुँदा
ऊ अलमलमा पर्दो हो
यो जमेको ताल र जङ्गलको बीचमा,
यति धेरै सुनसान
यो वर्षकै सबैभन्दा अँध्यारो र चिसो साँझको सान।
उसले (घोडाले) आफ्नो घाँटीको घण्टी बिस्तारै बजायो
केही गल्ती भयो कि भनी, मलाई सोध्न खोज्यो
अरू त याहाँ
मात्र मन्द हावाको सुसाइ सुनिन्छ
अनि कपासजस्तो नरम हिउँको झरझराहट सुनिन्छ।
वन कति सुन्दर छ,
कति गहिरो र कति कालो
तर मैले निभाउनु छ एउटा बाचा
मेट्नु छ अँध्यारो
निदाउनु भन्दा पहिले, धेरै कोस हिँड्नु छ मलाई
विश्राम लिनु अघि, धेरै माइल काट्नु छ मलाई।
***
***
अनुवाद : जीवन खत्री
प्रतिक्रिया
-
४
