– नताली विसो

क्रोधहरु जम्मा नगर-सम्पती होइनन् ती
अपमानका पृष्ठहरु तत्कालै बन्द गर
र विदा गर तुरुन्तै, आत्म समर्पण नगर
तिम्रा विचारहरुलाई बदलाग्नीले जितेको छ भने पनि ।

लौ, कस्लाई फाइदा पुग्ला यसले, विज्ञानलाई ?
मेरो अन्तरात्माको आवाजलाई सताइनेछ र मेरो मुटुमा आघात पर्नेछ
बदला विजय होइन, तर हो भयावहपूर्ण क्षण
जान देउ, माफ गर र आउनेछ अनुग्रह !
मेरो आत्मा त्यही क्षण अति हल्का हुनेछ
तिमीले देख्नेछौ उज्यालो, तिम्रा पछाडिबाट पखेटाहरुले भर दिएको
उडानको सामान्य कसमा
संसार तिम्रो सामु खुल्नेछ पूरै फरक ढङ्गले ।

तिम्रो मन परिवर्तन गर्दा दयनीय गुनासाबाट
तिमी महशूस गर्नेछौ जीवन सुन्दर छ खोलै नहाले पनि
सब खरावीहरु दैवी नियमको हातमा राखिदेउ
जीवन एक वार पाइन्छ-यसैले अहिले बाँच ।

***
अनुवाद – गोविन्द गिरी प्रेरणा

प्रतिक्रिया

सम्बन्धित खवर