– बालकृष्ण गजुरेल

गीत १

गरिबको चुल्हो बाल्ने र देश जोगाउनेहरु रोजम
दुखी: असहाय पाल्ने र देश जोगाउनेहरु रोजम

गाली गलौज र पुकारबाट बिकास हुन्न देशमा
छिमेकीले पछारी सक्यो उद्योगको त्यो रेसमा
पार्टी हारे पनि टाल्ने र देश जोगाउनेहरु रोजम
दुखी असहाय पाल्ने र देश जोगाउनेहरु रोजम
गरिवको…

वन छ, खनिज छ , नदी र झरनाहरु आदि छन्
प्राकृतिक सुन्दरता र तिर्थ स्थलहरु सारा झन्
उत्पादनको जग हाल्ने र देश जोगाउनेहरु रोजम
दुखी असहाय पाल्ने र देश जोगाउनेहरु रोजम
गरिवको…

नबिगारे मात्र पुग्दछ अरु कसैले केही गर्नु पर्दैन
सहजता गरे पुग्दछ नेपाली भोकले कहिल्यै मर्दैन
हीरा, मोती आदी गाल्ने र देश जोगाउनेहरु रोजम
दुखी असहाय पाल्ने र देश जोगाउनेहरु रोजम
गरिवको….

गीत २
राजनीति पार्टीले हारे फेरि जित्छ देशले हार्नु हुँदैन
जनता हामी मिलेर बसौँ एकले अर्कोलाई बार्नु हुँदैन

जो जसले स्वतन्त्रता र प्रजातन्त्र जपे झनै खतरा भयो
जान त पञ्चायत, बहुदल, लोकतन्त्र र गणतन्त्रमा गयो
जति जति नारा उति उति झुट बोले अब स्याहार्नु हुँदैन
जनता हामी मिलेर बसौँ एकले अर्कोलाई बार्नु हुँदैन
राजनीति…

न समाजवाद, न साम्यवाद, गफैका क्रान्ति आदि भए
दर्शनको द थाहा थिएन नारा बाँड्दै ती सरकारमा गए
थाहा थिएन तिनलाई ब्यवस्था, प्रणाली अझै चार्नु हुँदैन
जनता हामी मिलेर बसौँ एकले अर्कोलाई बार्नु हुँदैन
राजनीति…

क्रान्तिको अर्थ उत्पादन, निर्माण र रचना हो भने देखी
गरे के हुँदैन र ! म तयार छु दुश्मनको झार्नलाई  सेखी
अब पुँजी लगाउनुपर्छ या ज्ञान खनाउनुपर्छ टार्नु हुँदैन
जनता हामी मिलेर बसौँ एकले अर्कोलाई बार्नु हुँदैन
राजनीति….

***

प्रतिक्रिया

सम्बन्धित खवर