कवि रिमा केसी महिलामाथि हुने हिंसा, दमन, अत्याचार, शोषण लगायतका विरुद्ध शसक्त रुवमा कलम चलाउँछिन् । २०७५ सालमा यात्रामा अक्षर प्रकाशित गरेकी उनले अमृता प्रीतमका छानिएका कविता अनुवाद गरी सङ्ग्रहित गरेकी छन् । नेपाल टेलिभिजनमा समेत कार्यरत केसीको भर्खरै बगावतनामा कविता सङ्ग्रह प्रकाशित भएको छ । यसै कृृतिको आसपासमा कवि केसीसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न ;
१, बगावतनामा कविता कृतिका बारेमा छोटकरीमा बताईदिनुहोस् न ।
बगावतनामा मेरो तेस्रो कृति तथा दोस्रो कविता संग्रह हो । यो कविता संग्रह भित्र ४० ओटा कविता छ्न । जसलाई मैले ४ वटा खण्डमा विभाजन गरेकि छु । जसले गर्दा पढ्ने पाठकलाई पनि पढ्न सहज हुने र हेर्दा पनि राम्रो देखिने भएको छ ।
२, बगावतले बागी शब्दको अर्थ वा प्रतिनिधित्व गर्छ भन्ने बुझ्छु म । यहाँले कवितामा उठाउनु भएको बागी शब्दले प्रतिनिधित्व गर्ने वा समेट्ने पक्षहरू के के हुन्?
बगावतनामा भन्ने बित्तिकै विद्रोह वा बागी भन्ने हुन्छ । यस कविता संग्रहमा समावेश गरिएका मेरा कविताहरुको बारेमा कुरा गर्नु पर्दा जहाँसम्म लाग्छ मेरा अधिकतम कविताहरुले बगावत वा बागिको शीर्षकलाई प्रतिनिधित्व गर्छन । विद्रोह भनेको एउटा विषयमा मात्र हुँदैन । यो विद्रोह भन्ने कुरा हाम्रो जीवन र समाजसंग सम्बद्ध यावत पक्षमा हुन्छ । चाहे त्यो प्रेम होस् या जीवन संघर्ष । हामीले बाँच्ने क्रममा भोगेका भोगाइ नै किन नहोउन । जस्तै असमानता, विभेद, बलात्कार, हिंसा, अन्याय, अत्याचार लगायत यी सबै कुरा विद्रोहसंग कहिँ न कतै गाँसिएका हुन्छन । त्यसैले मेरा कवितामा ती समाजका सबै पक्षमा समेटिएका विद्रोहको आवाज बोल्छन् ।
३, यात्रामा अक्षर प्रकाशित गरेपछि आफ्नै कृति आउन यतिका समय लाग्यो । यो बीचमा तपाईँले कविताका बारेमा धेरै मन्थन गर्नुभयो होला । खासमा कविता के रहेछ?
यात्रामा अक्षर २०७५ सालमा प्रकाशित भएको हो । त्यस यता हामिले धेरै प्राकृतिक विपत्ति कोभिड जस्तो महामारीको असरसंग पनि जुध्यौँ । हामी मात्र नभएर सारा संसारलाई असर गर्यो । समय, समाज, राजनीति, आर्थिक अवस्था, रोग, शोक, भोक हुँदै हामिले लडदै आजसम्म बाँचिरहेका छौँ । त्यसको असर मलाई पनि अवश्य पर्यो नै । त्यति हुँदा हुँदै पनि २०७९ सालमा भारतीय चर्चित कवि अमृता प्रीतमका छानिएका कविता अनुवाद संग्रह पनि आयो । त्यस पछि यहि कृति आएको हो । मेरो विचारमा कविता भनेको समाजमा देखेका, भोगेका यथार्थ अनुभुतिको भावात्मक र कलात्मक सुन्दर प्रतीकात्मक चित्रण हो ।
४, अमृता प्रीतमको कविता अनुवाद समेत गरेर कृति ल्याउनुभयो, कलाकै प्रश्न बोकेर टेलिभिजन स्क्रिनमा देखिनुहुन्छ । खासमा तपाईँलाई आनन्द आउने कार्यचाहीँ के मा हो र किन?
अमृता प्रीतमको कविता अनुवाद गरेर कृति निकालेँ । मेरो लागि यो पनि एउटा खुशी कै उपलब्धि हो । कला भनेको हरेक क्षेत्रमा आवस्यक पर्छ । कला बिनाको जीवन निरर्थक हुन्छ । झन साहित्यमा कला बिनाको साहित्य को त अर्थ नै हुँदैन । खास गरि कवितालाई कलाले नै सुन्दर बनाउने हो । नेपाल टेलिभिजनमा पनि म कलालाई नै सम्मान र प्रस्फुटन गराउने कार्यक्रम चलाउने गर्छु । यो पनि मेरो खुशी कै पाटो हो । मानिसले काम गर्ने भनेको खासमा खुसी कै लागि हो । मलाई कविता, कथा, गीत लेख्दा आनन्द आउँछ । खासमा म लेखन मै रमाउँछु । कार्यक्रम चलाउँदा पनि आनन्द आउँछ । फुर्सदमा घुमघाम गर्न र प्रकृतिमा रमाउन पनि निकै रुचाउँछु म । मानिसका खुसिका अनेकौं आयाम हुन्छ्न । त्यस्ता केही मेरा पनि छन । ती मध्ये यहाँ मैले केही मात्र राखेँँ ।
५, बगावतनामा पाठकले किन पढ्नुपर्छ ?
अहिलेको समय, समाज, राजनिती, देशको अवस्था, सम्बन्धहरुका आयाम, हिंसा, बलात्कार र प्रेमका रुपहरुको प्रतिबिम्ब बगावतनामा हो । त्यसैले एक पटक सबैले पढ्न जरुरी छ जस्तो लाग्छ ।
प्रतिक्रिया
-
४
