– अनमोल “आँसु”
गजल १,
एकदिन पछुतो हुने छ आत्मगलानी हुनेछ
मलाई सम्झेर तिम्रो आँखामा पानी हुनेछ
मैले पढेका प्रमाणपत्र बेची लगानी गरेछु
पर्ख न मेरो पनि हातामा राहादानी हुनेछ
जान्दाजान्दै पनि खुब घमण्ड गर्छन हेर्नू
एकदिन जलेर चितामा सब खरानी हुनेछ
गुनासो गर्दिन पराइले वचन लगायो भनेर,
भोलि आफ्नै सन्तान पनि अज्ञानि हुनेछ
जस्ताको तेस्तै रहन्छ होला म जन्मेको गाउँ,
एकदिन मुर्दाहरुको सहर राजधानी हुनेछ
गजल २,
दुश्मनले घेरा हाले आमा मलाई वारपार बाट
झ्यालबाट आएको खुशी निस्कियो द्वार बाट
अर्काको घरसम्म भाड्छन हेर्नू पैसाका लागि
गरिबको लागि बोल्छन के आश पत्रकार बाट
घमण्ड केलाइ गर्छौ देखावटी धनसम्पतिको
थाछ एकदिन सबै बिदा हुनु पर्छ संसार बाट
तिमिले दिलबाट हटाउछु कति सजिलै भन्यौ
त्यति सलिजो नि छैन मह निकाल्न घार बाट
जितको लागि मात्र भग दोड हुन्छ जहिले नि
केही कुरा सिक्नु जरुरी छ हामीले हार बाट
दुश्मन कसरी मिलोस भाइ भाइ त मिल्दैन
बाको ज्यान गयो दाइभाइको काटमार बाट
प्रेम गर्नु र ब्यापार गर्नु एउटा एउटै रैछ हेर्नु
कहिले फाइदा भएन प्रिय तिम्रो प्यार बाट
***
प्रतिक्रिया
-
४
