काठमाडौँ – प्रज्ञाभवन, कमलादीमा कवि एवम् आख्यानकार प्रोल्लास सिन्धुलीयको कथासङ्ग्रह ‘बागबजार बोल्दैन’ माथि परिचर्चा एवम् संवाद कार्यक्रम सम्पन्न भयो ।
गत शनिबार कवि एवम् समालोचक आर.एम्. डङ्गोल, समालोचक अनुपमा रेग्मी र कथाकार पवित्रा अधिकारी मुख्य वक्ता रहनुभएको उक्त कार्यक्रमको सहजीकरण कवि एवम् नियात्राकार रञ्जु दाहालले गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार रवि प्राञ्जल, कथाकार अमोददेव भट्टराई, प्रकाशनगृहका अध्यक्ष केशव पराजुली, सम्पादक लक्ष्मी भट्टराई, कथाकार एवम् मुक्तककार प्रकाश बस्नेत गफाडीले किताब र लेखकको व्यक्तित्वबारे बोल्नुभएको थियो ।
भुँडीपुराण प्रकाशनबाट प्रकाशित उक्त पुस्तकमा २० वटा कथा छन् । २३२ पृष्ठको उक्त पुस्तकको मूल्य ४७५ राखिएको छ ।
प्रतिक्रिया
-
४
