– गंगा खड्का

“मान्छेलाई जति धन भए पनि नपुग्ने रहेछ । हुँदाहुँदै आशारामका बुढाबुढीले बाहिर बत्ती नै बाल्न छोडे । मान्छे भएर धेरै कदर्य हुनु पनि ठिक होइन ।”

उदयका कुरामा सही थाप्दै अञ्जलीले भनिन् ,” त्यही त , छोराछोरीले विदेशबाट  पठाएका डलर चाहिँ के गर्ने होला ? ”
नजिकै बसेर मोबाइल चलाउँदै गरेको अनुपले भन्यो ,” बाबाममी, कुरै नबुझी अरूलाई अवमूल्यन गर्नु पनि ठिक हुँदैन । मलाई त उहाँहरूले पैसा जोगाउन बत्ती नबाल्नुभएको कुरामा पटक्कै विश्वास लाग्दैन । कागको मासु खाएर को चाहिँ अजम्बरी बनेको छ र ?”
“तँलाई तिनीहरूको बानी थाहा छैन र त्यसो भन्छस् ।             कम्ताका लोभी छन् तिनीहरू !” अञ्जलीले आफ्नो तर्कलाई बलियो बनाउन खोजिन् ।
“हामी एक अर्कामा किन विवाद गरेर बस्नु, बरू एकपटक सोधी हेरौँ न ।” अनुपले भन्यो ।
अनुपका कुरामा सबैको सहमति भएपछि उसले आशारामलाई कौसीबाटै बोलाउँदै सोध्यो, -“आशाराम काका, आजकाल किन तपाईंहरू बाहिरको एउटा पनि बत्ती बाल्नुहुँदैन ?”
आशारामले अँध्यारोमै बसेर जवाफ दिए, “हेर न बाबु, आजकाल बत्ती बाल्नै नपाई कहाँबाट कहाँसम्म किरा र पुतली आएर बसिटिक्नु हुँदैन । कहिलेकाहीँ त भान्साको झ्यालढोकाबाट भित्र छिरेर भात तरकारीमा पर्छन् र त्यत्तिकै खेर फाल्नुपर्ने हुन्छ ।”

***

प्रतिक्रिया

सम्बन्धित खवर