– अजय ढुंगाना
गजल १,
चाँद टिपेर तिम्रो शिरमा लगाउन सकिन,
सबको सामु, तिमी मेरो भनेर जनाउन सकिन,
एकान्तमा टोलाउदै, पलपल सपनामा हराउदै,
कति गर्छु माया तिमीलाई बुझाउन सकिन,
मेरो स्मृतीमा त केबल तिमीमात्र हुन्छ्यौं सधै,
सायद म नै तिम्रो त्यो सपनीमा आउन सकिन,
म प्रेममा हराउदै थिए, गदै तिमीलाई माया,
निश्छल प्रेम तिमीसंग मैले लुकाउन सकिन,
तिमी मनमा छ्यौं, मुटुमा छ्यौं, आँखामा छ्यौं,
तर मैले तिमीलाई यो घरमा सजाउन सकिन ।
गजल २,
ए जगतका प्यारा हरायौ कता ?
हाम्रो भरोसा सारा हरायौ कता ?
फर्की आउने बाचा ए कामनाका शब्द,
औशीका ए तारा हरायौ कता ?
मिथ्या झैँ लाग्छ खबर यी शब्दका,
दुरका ए सितारा हरायौ कता ?
त्यो स्नेहको अतित सम्झनामै बिलायो,
प्यारका अश्रुधारा हरायौ कता ?
आशा भित्र हाम्लाई पर्खाई गएथ्यौ,
चरा मात्रै छ, चारा हरायौ कता ?
***
प्रतिक्रिया
-
४
