– प्रकाश बस्नेत गफाडी
१,
रहरमा  फुँदा  गाँसी  कति  खुशी  हुन्थेँ हुँला
दिनरात  हाँसी हाँसी  कति खुशी  हुन्थेँ हुँला
एउटा  खाँबो  गाड्ने  कतै  घडेरी  मिलेदेखि
म नक्क्ली सुकुम्बासी कति खुशी हुन्थेँ हुँला॥

२,
पुल   बनाउदा  सिमेन्ट  र  डन्डी  खानेहरू
बेचेर  धर्म   रुद्री  पुराण   चण्डी  खानेहरू
जस्तै काण्ड मच्चिए पनि चुपचाप रहन्छन्
देशभरि छन्  लुटतन्त्रका  हण्डी खानेहरू॥

३,
मुटुले  मुटु  तोडेर  जान्छ  अरूको  के  कुरा
आफ्नैले मुन्टो मोडेर जान्छ अरूको के कुरा
क्वैसँग  केही गुनासो छैन  म एक्लो  भए’नि
आत्मै  त  देह छोडेर जान्छ अरूको के कुरा॥

४,
दिल दुखेको ओखती कसरी गर्ने होला
मायामा  मीठो प्रगति कसरी गर्ने होला
हजुर सामु केही कुरा बोल्नै सक्दिन म
यौटा   भद्र सहमति   कसरी गर्ने होला॥

५,
खाता मात्रै खोल्यौ यता धन रहेछ अर्कैतिर
चोचोमोचो मिलाउनेको तन रहेछ अर्कैतिर
नेताबाट  देश जस्तै  मायाबाट म  झुक्किएँ
मुख  दिने  निष्ठुरीको  मन  रहेछ  अर्कैतिर॥

***

प्रतिक्रिया

सम्बन्धित खवर