मोरङ – निबन्धकार-नियात्राकार युवराज नयाँघरेसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्य समाज उर्लाबारीको आयोजना र सामुदायिक विकास मन्चको समन्वयमा आयोजित उक्त कार्यकममा धनकुटे कान्छा, प्रेम बोहोरा, रुमानी कुलुङ, नवराज भट्टराई, कृष्ण उदासी लगायतले बोलेका थिए ।
निबन्धकार नयाँघरेले आफ्ना २२ कृतिमा आधारित तिनको गर्भकथाबारे बोलेका थिए ।उनले भने- `कुनै पनि लेखकको सिर्जना उसको आफ्नो भोगाइभन्दा पर हुँदैन । मैले आफ्नो लेखन पनि यही सेरोफेरोमा रहेर अघि बढाएको हुँ । मौलिकता र पहिचानको स्वादमा यस्तो रचनाको मूल्य विशेष हुने गर्छ ।´
सोही समारोहमा पदम लुइँटेल, रेवती प्रसाद घिमिरे,
प्रशान्त निरौला लगायतले कविता वाचन गरेका थिए ।
समारोहमा अन्य निकै जिज्ञासुले नियात्राकार नयाँघरेलाई उनको लेखनबारे प्रश्न गरेका थिए ।
प्रतिक्रिया
-
४
