दुई गजल
– खिम केसी
गजल १
आमा तिम्रो काखमा सुतेर लोरी सुन्न मन छ
तिम्रो र बाको ती पुराना दोहोरी सुन्न मन छ
आज वर्षौंपछि भेट भएको छ परिवारसंग
भनिदेऊ नढाटी मेरा कमजोरी सुन्न मन छ
अहिले पो छर्लङ्ग देखाइदिन्छ दुनियाँ
सबथोक
मलाई पुरानै प्रेम कथा लुकि चोरी सुन्न मन छ
अझै पनि हराएको छैन लजालु बानी मैसापको
यार!खुलस्त भनिदेउ माया गर्छु मोरी सुन्न मन छ
गजल २,
कहिलेसम्म हो कुन्नि बाटो अध्यारो मेरो?
उज्यालोको खोजीमै छ सधैं हतारो मेरो
आजभोलि मसंग नगदको कुरै नगर मित्र
चलेको छ यो जिन्दगी पनि उधारो मेरो
मालिक!औंला भाचेर दिन काट्न छोडिदेउ
तिर्नेछु सबै हिसाब सकेपछि मैझारो मेरो
त्यति सजिलै पनि पगाल्न नखोज मलाई
भएको छ जो पुरै शरीर अहिले तुसारो मेरो
***
प्रतिक्रिया
-
४
