–राम खनाल
१ मुक्तक
हेपिएको नठान्नुहोइ तिमी , प्रकृति त्यस्तै छ।
अर्काको मन लोभ्याउने , आकृती त्यस्तै छ ।
प्रकृतिमा सजिएको सुन्दर फुल होउ तिमी
सुन्दर फुललाइ चुम्बन गर्ने, संस्कृति त्यस्तै छ।
२ मुक्तक
तिम्रो सहर मेरो सहर भिन्नभिन्न छ अचेल।
हिजोको त्यो सम्बन्ध छिन्नबिन्न छ अचेल ।
सोचे जस्तो पूरा नहुने देखेका ती सपनाहरु
सोच्दा बुझ्दा निस्ठुरीमन खिन्नखिन्न छ अचेल।
३ मुक्तक
कहिले यता कहिले उता गरेर पो मार्यो।
किन किन मेरै पोछी परेर पो मार्यो।
जति टाढा हुन खोज्यो उस्को संसारबाट
उति उति उ नजिक सरेर पो मार्यो ।
४ मुक्तक
भेट हुनुछ भन्यौ र तर्केको आभास दिलायौ ।
माया बलियो छ भनी चर्केको आभास दिलायौ।
आए तिम्रै नजिक भन्यौं हेरे एताउता देखिन म
हिजो येतैछु भनि आज फर्केको आभास दिलायौ।
५ मुक्तक
आफ्नो खाना छाडेर, अर्काको खानामा आखा लगाउछ उ ।
आफ्नो मुरी छाडेर, अर्काको मानामा आँखा लगाउछ उ ।
खराब नस्ल बाट उत्पादन भएको त्यो स्वार्थि मानव
आफ्नो महल छाडेर, अर्काको छानामा आखा लागाउछ उ ।
प्रतिक्रिया
-
४
