बाग्लुङ समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको ‘बाग्लुङ कालिका कप मैत्रीपूर्ण भलिवल प्रतियोगिता २०२२’को तयारी पूरा भएको छ ।
बागलुङ समाज दक्षिण कोरियाका अध्यक्ष एबं कार्यक्रम संयोजक बिदुर शर्माकाअनुसार अगष्ट १४ तारिख अर्थात भोलि आइतबारका दिन हुने ‘८ औं बाग्लुङ कालिका कप मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२२’को सम्पूर्ण तयारी पूरा भएको हो ।

यो बर्ष कोरियामा आयोजित चार पटक भएको भलिबल खेलमा लगातार जित हासिल गर्दै इतिहास रच्न सफल बाग्लुङ समाज दक्षिण कोरियाले प्रतिभावान खेलाडीको खेल कौशल, आपसी सद्भाव र भाइचाराको बिकासमा सघाउ पुर्याउने उद्देश्यले सो प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

प्रतियोगितालाई सफल बनाउन हालसम्म कोरियामा रहेका सम्पूर्ण नेपाली मनकारीदाताहरूबाट प्राप्त सहयोगका कारण सम्भव भएको बताउँदै संयोजक शमाले धन्यवादसमेत ज्ञापन गरेका छन् ।

प्रतियोगिताको विजेता टिमले १८ लाख वन, उपबिजेताले १२ लाख वोन नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने सेमिफाइनलिष्ट २ टिमले शान्त्वना पुरस्कार स्वरुप ४र ४ लाख वोन प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडिले १ लाख वोन नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्दा अन्य ५ बिधाका उत्कृष्ट खेलाडीलाई जनही ५० हजार वोन नगद , मेडल र प्रमाण पत्र प्रदान गरिनेछ त्यस्तै प्रतियोगिता आयोजनाको लागि जेआरएफ रेमिट कोरियाले स्पोन्सर गरेको छ।

टिम दर्ता शुल्क ३ लाख ५० हजार वन राखिएको खेलमा कोरियामा रहेका जिल्ला स्तरीय एवम् विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै २२ टिमको सहभागिता रहने भएको छ। समाजले प्रतियोगितालाई सफल पार्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर