✍️ किरण थापा कृष
मुक्तक – एक
बोल्दै नबोल्नेले पनि अचानक सम्झिन्छन्
केही गर्न सकेन भन्नेले नलायक सम्झिन्छन्
हिजो त्यो नाथेले के गर्छ भन्ने नेताले
चुनावमा पर्दा खाचो आवश्यक सम्झिन्छन्
मुक्तक – दुई
अन्यायमा परेकोलाई न्याय दिई निकास आउनुस
दुःखी गरिब जनताको जहिले नि बनेर खास आउनुस्
चुनावमा झुटा आश्वासन बनावटी भाषण गर्नै पर्दैन नि
जित्नु हुन्छ गाउँघरको पहिले गरी विकास आउनुस्
मुक्तक – तीन
गर्नु भन्दा केही गरेन भन्दै दिन रात सराप गर्नु भन्दा
काम गर्न सक्ने छ छैन क्षमता गर्नुस नाप गर्नु भन्दा
सोच्नुस् समयमै गहिरिएर सोच्नुस मतदान गर्नु अघि
यस्तोलाई जिताए छु भनी पछि पश्चताप गर्नु भन्दा
मुक्तक – चार
कस्तो छ त बानी व्यवहार पहिचान गर्नु पर्छ
इमानदार ब्यक्तिलाई यो पटक सम्मान गर्नु पर्छ
धेरै पटक हाम्रोलाई जिताएर पठायौ महोदय
यसपालि राम्रोलाई जिताउन मतदान गर्नु पर्छ
मुक्तक – पाँच
गलत कार्य गर्नेलाई सधैलाई रोकि थुन्नुस् यसपालि
सबै नै मिलेर बनाई योजना जाल बुन्नुस् यसपालि
पार्टी नहेरी प्रलोभनमा नपरी गाउको विकास गर्ने
हाम्रोलाई होइन राम्रोलाई भोट दिइ चुन्नुस् यसपालि
प्रतिक्रिया
-
४
