रामेछाप – सरस्वती युवा क्लब रामेछाप खाँडादेवी गाउँपालिका वार्ड ६ माकादुमले नया कार्यसमिति चयन गरेको छ । खत्रीगाउँमा केही दिन अघि भएको भेलाले मिलन खत्रीको अध्यक्षतामा २५ सदस्यिय कार्यसमित चयन गरेको हो ।

नया कार्यसमितिको उपाध्यक्षमा सानुकाजी खत्री, निता कार्की, रबी खत्री, सचिवमा राजन खत्री, सहसचिवमा अग्नीराज खत्री, कोषाध्यक्षमा गोपी खत्री, सहकोषाध्षक्षमा जयराम खत्री चयन भएका छन् । तेस्तै सदस्यमा हरिकृष्ण खत्री, गोपी खत्री, अक्षयकुमार खत्री, गणेश खत्री, ईश्वर भुजेल, प्रकाश खत्री, रबिन्द्र खत्री, कृष्णहरि खत्री, रामचन्द्र खत्री, पुष्कर खत्री, उमेश खत्री , समित खत्री, बालकृष्ण खत्री, राजकुमार खत्री लगायत चयन भएका छन् ।

तेस्तै संस्थाले संस्थाका पूर्व अधिकारी तथा अग्रजहरूलाई सल्लाहकार समितिमा पनि चयन गरेको छ । सल्लाहकार समितिमा अर्जुन खत्री, बमबहादुर खत्री, बाबुराम खत्री, सन्तोष खत्री, हरिकृष्ण खत्री, रिमेश खत्री, भक्तकुमारी खत्री, होम बहादुर खत्री, हरिकृष्ण खत्री, हर्कबहादुर खत्री, रत्नबहादुर खत्रीलाई चयन गरेको छ ।

ग्रामिण भेगको विकासमा युवाहरूलाईनै परिचालन गरि आफ्नो गाउँ आफैँ भव्य र सुन्दर बनाउने, गाउँको उत्पादनलाई व्यावसायिकीकरण गर्ने, पर्यटन केन्द्रको रुपमा गाउँलाई विकास गर्ने उद्देश्यले २०६४ सालमा स्थापना भई रामेछाप जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस संस्थाले विगतका वर्षहरूमा गाउँको हरेक कुरामा अग्रगामी कदम लिएको थियो । देउसी भैली खेलेर गाउँको विकास गर्ने, गाउँको समाजिक कार्यमा आवश्यक पर्ने बिभिन्न सामानहरू जोड्ने, मन्दीर, बाटो निर्माण गर्ने, गाउँको झैझगडा मिलाउने लगायत कार्य गर्दै आईरहेको छ ।

संस्था पुर्नगठन पश्चात जिल्ला प्रशासनमा पुन: नविकरण गरि हाल श्रीमद् देवी भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिरहेको संस्थाले महायज्ञबाटलसंकलित रकमले गाउँकै हितमा खर्च गरिने संस्थाका अध्यक्ष मिलन खत्रीले बताए । १ हप्ता सम्म चल्ने महायज्ञ यहि कार्तिक ११ देखि खाँडादेवी गाउँपालिका वार्ड नं ६ मा सञ्चालन भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर