सउल – दक्षिण कोरियाको एकै कम्पनीमा काम गर्ने दुई नेपाली साथीहरूबीच होस्टेलमा विवाद हुँदा एकको जेयान गएको छ । मंगलबार राती करिब ११ः३० बजेतिर धारिलो छुरा प्रहार गरी एक नेपालीले आफ्नै नेपाली साथीको हत्या गरेका हुन् । हत्या आरोपित युवालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भएका एक युवा हुन् । त्यस्तै, परिचय गोप्य राखिए पनि हत्या आरोपित युवा पाँचथरको भएको बताइएको छ। आरोपित युवा पनि घाइते अवस्थामा फेला परेका थिए ।

ती युवालाई दक्षिण कोरियाको छुङछनबोक्दोस्थित जिन्छन प्रहरीले प्रकाउ गरी उपचारका लागि एक अस्पतालमा भर्ना गरिएको छ। प्रहरीको निगरानीमा रहेका ती युवा अन्दाजी २९ बर्षका छन् ।

ती युवाले मादक पदार्थ सेवन गरी होस्टलको विषयमा विवाद हुँदा धारिलो चक्कु प्रहार गरी आफ्नै साथीको हत्या गरेका हुन् ।

स्थानीय प्रहरीले मादकपदार्थ सेवन गरी आफ्नै सहकर्मी साथीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको कसुरमा उनीविरुद्ध मुद्दा समेत दर्ता गरेको छ । घटनाको थप विवरण अनुसन्धानपछि मात्र उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर