काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । आइतबार दिउँसो २ः ३० बजे देखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा बैठक जारी छ । दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि प्रधानमन्त्री शेरबहादुर देउवा केही ढिलो भएपछि देउवा आउनासाथ बैठक सरेको थियो ।
बैठकमा आज चार बजे बस्ने प्रतिनिधिसभा बैठक प्रधानमन्त्री देउवाले लिन लागेको विश्वासको मतका सन्दर्भमा छलफल हुँदैछ । गत मङ्गलबार प्रधानमन्त्री नियुक्त भएका देउवाले आज विश्वासको मत लिन लागेका छन् । नेकपा एमाले माधव नेपाल पक्षबाट विश्वासको मत पाउने सम्भावना देखिएपछि देउवाले विश्वासको मत पाउने करिब निश्चित जस्तै देखिएको छ ।
प्रतिक्रिया
-
४