रामेछाप –  नेकपा एमाले रामेछापमा ९० सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । पुस २३ गतेबाट शुरु भएको नेकपा एमाले रामेछापको आठौँ जिल्ला अधिवेशन ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्दै सकिएको छ ।

अधिवेशनले जिल्ला कमिटीको अध्यक्षमा आनन्दकुमार श्रेष्ठलाई निर्विरोध चयन गरेका छन् भने बाँकी पदाधिकारी तथा सदस्यहरूमा निर्वाचन भएको छ ।

निर्वाचनमार्फत जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कँडरिया र २ उपसचिवमा प्रकाशकुमार कार्की र होतराज ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै, खुल्ला सदस्यमा उज्वल सुवेदी, रत्नप्रसाद कँडेल, पुष्कर कार्की, आङछिरिङ लामा, सुजन कार्की, दीपेन्द्र कुमार कार्की, शेरबहादुर तामाङ, विनोद फुयाँल, रामप्रसाद देवकोटा, सूर्य माझी, जय गुरुङ, शिव न्यौपाने र शिवहरी उप्रेती निर्वाचित भएका छन् ।

महिला सदस्यमा राधिका खड्का, सुनिता सुनुवार, मखमली श्रेष्ठ, इन्दिरा बुढाथोकी, दीपा पाख्र्रिन, भगवती चौहान, कालिका मानन्धर र दीपा कार्की निर्विरोध चयन भएका छन् ।

भूगोलतर्फ खाँडादेवी गाउँपालिकाबाट असलसिं तामाङ, तेजबहादुर बोहोरा, भक्तबहादुर श्रेष्ठ, राजेश कार्की निर्वाचित हुँदा महिलातर्फ रमा घिसिङ र अनिता तामाङ राई निर्वाचित भएका छन् । उमाकुण्डबाट निमा शेर्पा, श्यामकुमार तामाङ, अमृतबहादुर कार्की र गम्बु शेर्पा र महिलातर्फ लिलामाया सुनुवार निर्विरोध चयन भएका छन् ।

त्यस्तै, सुनापती गाउँपालिकाबाट रविन्स लामा, सुकराम ग्यापक, रवि तामाङ र चक्रवर्ती लामा निर्विरोध निर्वाचित हुँदा महिलामा बिमला ग्यापक र कमला शर्मा क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।

दोरम्बा शैलुङ गाउँपालिकाबाट मिलन कुमार घिसिङ, गंगाबहादुर तामाङ, कुमार कँडेल र दानबहादुर थापामगर निर्विरोध हुँदा महिलातर्फ जानुका चौलागाई र सुभद्रा कँडेल पाठक निर्विरोध जिल्ला कमिटी सदस्य बनेका छन् ।

यस्तै, गोकुलगंगाबाट भोला खड्का, महेशलाल प्रधान, नवराज खड्का र कृष्णप्रसाद घिमिरे निर्विरोध हुँदा महिलातर्फ राममाया सुनुवार र मन्जुमाया कार्की पनि निर्विरोध भएका छन् ।

लिखु तामाकोशीबाट शेर बहादुर थापा, आशबहादुर तामाङ, सम्बरबहादुर बोहोरा र रविन्द्र पौडेल निर्वाचित हुँदा रजिना बुढाथोकी र शुसिला थापा निर्विरोध चयन भएका छन् ।

रामेछाप नगरपालिकाबाट उमेशविक्रम थापा, विमलकुमार कठायत, रामबहादुर बुढाथोकी र सीता कुमारी खत्री निर्विरोध हुँदा महिलाबाट बिन्दा घिमिरे र तारा रैका मगर भण्डारी निर्विरोध चयन भएका छन् ।

त्यस्तै, मन्थली नगरपालिकाबाट दिनेश सुवेदी, अमित कार्की, राजेश श्रेष्ठ र अम्बिकाप्रसाद भट्टराई निर्वाचित हुँदा महिलातर्फ शान्ता न्यौपाने सुवेदी र इश्वरी बस्नेत निर्विरोध चयन भएका छन् ।

समावेशी जनजातीतर्फ मोतीलाल तामाङ, युनिक विफा घिसिङ, पदम कुमार लामा र सोमबहादुर तामाङ निर्वाचित हुँदा समावेशी जनजाति महिलातर्फ निडोमा शेर्पा र पासाङ डोल्मा लामा निर्वाचित भएका छन् ।

समावेशी उत्पीडिततर्फ घनश्याम सार्की, सिताराम लोहार र गोपाल नेपाली दर्जी निर्वाचित हुँदा सोही समूहको महिलातर्फ रेणुका खाती र कमला बराल, समावेशी अल्पसङ्ख्यकतर्फ बलबहादुर माझी र काजिराम सुनुवार, सोही समूहको महिलातर्फ हर्कमाया माझी, मजदुरतर्फ कुमार ढुंगेल खत्री निर्विरोध चयन भएका छन् ।

नवनिर्वाचित सदस्य तेजबहादुर बोहोराका अनुसार निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिले सपथ ग्रहण गराइसकेको छ भने प्रमाणपत्र पनि वितरण केही दिनमा गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर