रामेछाप – नेकपा एमाले रामेछापको आठौँ जिल्ला अधिवेशनमा खाँडादेवीका पुष्कर कार्कीले उपसचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । खाँडादेवी गाउँपालिकाका प्रवक्ता तथा वार्ड नं. ६ का अध्यक्ष कार्कीले उक्त पदमा आफू योग्य भएको भन्दै उम्मेद्वारी दिएका हुन् ।

एमाले रामाेछापको आठौं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । उक्त जिल्ला अधिवेशनमा कार्कीले उम्मेद्वारी घोषणा गर्दै आफूले एमालेबाट समग्र जिल्लाकै हित गर्न चाहेको र आफ्नो जित सुनिश्चित भएको समेत सेतोमाटोलाई बताए ।

एमाले जिल्ला शिक्षा संगठन फाँटको इन्चार्ज रहेका कार्की २०४६ साल देखि नै सक्रिय राजनीतिमा होमिएका हुन् ।अनेरास्ववियु छौठौंको प्रा‍.क‍. कमिटी हुँदै केन्द्रिय सदस्य हुनुका साथै  जिल्ला पार्टी कमिटीमा क्रीयाशिल रहेका छ्न् । खाँडादेवी गाउँपालिका वार्ड नं. ६ मा आफ्नो नेतृत्वमा विकासको लहर आएको बताउने कार्की जिल्लामा समेत युवा पुस्तामा रुचाईका युवा नेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर