सरकारको नेतृत्व सम्हाले लगत्तै देउवा सरकार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भएका निर्णयहरू खारेज गर्न तर्फ उन्मुख भएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले ओली सरकारले गरको बिभिन्न ११ देशका लागि राजदूत नियुक्तिको सम्पूर्ण प्रकृया खारेज गर्ने निर्णय गरको छ ।

ओली सरकारले जेठ १ मा यी देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । आज मन्त्रीपरिषद्को बैठक पछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको बताए।संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको हो । कार्कीले भने ‘११ जना राजदूतहरू नियुक्त भएका थिए, त्यो निर्णय खारेज गर्ने निर्णय भएको छ ।’

ओली सरकारले अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइनलगायत देशमा राजदूत नियुक्त गरेको थियो। साथै प्रवक्ता कार्कीका अनुसार भारतसँग अब सातामा तीन वटा फ्लाइट हुनेछ। यसअघि सातामा एक फ्लाइट मात्र हुने गरेको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर