काठमाण्डौ -पूर्व बेलायत सैनिक थर्क सेनलाई ठूला आश्वासन बाँड्ने र मीठो भाषण गर्ने तर मरिणाम नदेखाउनेहरु देख्दा टिठ लाग्छ । पदमा जान मरिहत्ते गर्ने तर पदअनुसारको काम नगर्ने प्रवृतिले संस्थाकै गरिमा घट्ने उनको विश्लेषण छ ।
सेन भन्छन्, ‘नेतृत्वमा पुग्न सबै हर्कत गर्ने तर संस्थागत सुशासनमा जोड नदिने । साझा समस्या र एजेण्डाको कुरा गर्ने तर व्यक्तिगत स्वार्थ र राजनीतिक फाइदा उठाउने । बेला ढल्केपछिमात्रै काम गर्ने । युवा शक्ति र प्रविधिलाई स्वीकार गर्न नसक्ने रोगले नेपालीलाई ग्रस्त पारेको छ ।’
नेपाली संघ संस्थाहरुमा पनि मौलाउँदै गइरहेको यस्ता प्रवृतिलाई निरुत्साहित गर्दै सेन मरिणाममुखी संस्था निर्माण गर्न चाहान्छन् । ‘स्पष्ट योजना, अग्रजको अनुभव, युवाको ऊर्जा, प्रविधिको प्रयोग र कुशल नेतृत्वको अध्यासले धेरै क्षेत्रमा फड्को मार्न सकिन्छ,’ थर्क सेन भन्छन्, ‘मेरो योजना, ज्ञान, अनुभव, ऊर्जा संस्थागत हितमा लगाउन चाहान्छु ।’
त्यसैका लागि सेनले गैर आवासीय नेपाली संघ ९एनआरएनए०को उपाध्यक्ष हुँदै नेतृत्वसम्म पुग्ने बाटो तय गरेका छन् । अहिले सेनले एनआरएनएको दशौं महाधिवेशनमा आइसीसी उपाध्यक्षको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेन संस्थामार्फत अझै धेरै क्षेत्रमा काम गर्न चाहान्छन् ।
‘म चाहान्छु, उच्चतम प्रविधिको प्रयोगले नेपालका धेरै क्षेत्रमा योगदान गर्न सकियोस् । सडक सुरक्षाका क्षेत्रमा अझै धेरै संस्थागत हिसाबले योगदान गर्न सकियोस् । म चाहान्छु, युवा शक्तिलाई धेरैभन्दा धेरै सिर्जनशील काममा सहकार्य गर्न सकियोस्,’ सेनले भने, ‘एनआरएनएलाई व्यक्तिगत स्वार्थरहित, राजनीतिमुक्त, सुशासनयुक्त र सबैको साझा थलो बनाउन म लागि रहने छु ।’
एनआरएनए युकेको संस्थापक कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, आइसीसी सदस्य हुँदै हाल एनआरएनए रोड सेप्टी कमिटीको संयोजक र एनआरएनए एकेडेमीको सदस्यसमेत रहेका सेनले संस्थामा देखिइरहेका सबैखाले वेथिति अनत्य गर्नका लागि साझा एजेण्डा बोक्ने बताएका छन् । सबै गैरआवसीय नेपालीको आवाजलाई समेट्दै काम गरेर देखाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको सेनको भनाइ छ ।
‘आसन, भाषन, चन्दा र अनेक घोषणा गर्ने तर व्यक्तिगत स्वार्थ र राजनीति गर्दा धेरै विवादहरु निम्तिएका थुप्रै उदाहरण छन्,’ सेनले भने, ‘ती सबै इतिहासबाट पाठ सिक्दै असल अभ्यास गर्ने प्रयत्न मैले गर्नेछु । म एक्लैले सिंगो संस्था उठाउन सक्छु भन्ने होइन तर सबैको साथ सहयोग र साझा एजेण्डाका लागि सकारात्मक सुरुवात अवश्य गर्ने छु ।’ कामबाटै पदलाई न्याय गर्न हरदम लाग्ने सेनको भनाइ थियो ।
‘मेरा लागि एनआरएनए रहर होइन सबल संस्था बनाउने जिम्मेवारी हो,’ सेनले भने, ‘साझा समस्याको हल र हक स्थापित गर्न एकतामा म विश्वास गर्छु । स्वच्छ, समृद्ध र मर्यादित एनआरएनए आजको आवश्यकता हो ।’
***
प्रतिक्रिया
-
४