काठमाडौँ –जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो देशको अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी सम्भावना रहेको छ।

यसैगरी आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै सबै प्रदेशका थोरै–थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर