काठमाडौँ – देशभर सामान्य देखि पूर्ण बदली रहि प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावकोको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
प्रतिक्रिया
-
४