सउल – नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अध्यक्षमा किसन गौतम निर्वाचित भएका छन् । गत आइतबार सउलमा सम्पन्न भएको साखाको सातौँ अधिवेशनमा अध्यक्षका प्रत्यासी सबिना कार्कीलाइ ६ मतान्तरले पराजित गर्दै गौतम अध्यक्ष भएका हुन् । मतदानमा सहभागी भएका २६ जना मध्ये १६ जनाले गौतमको पक्षमा र १० जनाले कार्कीको पक्षमा मतदान गरेका थिए ।

महासचिव पदको लागि भएको निर्वाचनमा रोसन राईलाई २ मतान्तरले पराजित गर्दै बासुदेव भट्ट निर्वाचित भएका छन्।

त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा सन्तोष खड्का निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा बिक्रम बैज्यु र केशव पोखरेल निर्बिरोध चयन भएका छन् । संघको सचिवमा कोकिल पौडेल र महिला सचिवमा कमला केसी निर्विरोध चयन भएका छन् ।

त्यसैगरी संघको अधिवेशन बाट कोषाध्यक्षमा प्रमिला बुढाथोकी र सदस्य हरुमा विशाल श्रेष्ठ, राजकुमार तामाङ र सन्दिप गिरि सर्बसम्मत पारित भएका छन् ‌।

संघको अधिवेशन लाइ एनआरएन कोरियाका अध्यक्ष दिपक पुनले उद्घाटन गरेका थिए । सो अवसरमा भर्चुअल माध्यम जुम मार्फत बोल्दै प्रमुख अतिथि नेपाली राजदुतावास दक्षिण कोरियाका कार्यबाहक राजदूत राम सिंह थापाले कोरियामा रहेका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न र स्वतन्त्र पत्रकारिता गर्ने पत्रकारहरूको पक्षमा सहयोग गर्न राजदुतावासको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए ।

संघ कोरिया शाखाका अध्यक्ष रञ्जन राज कुवरले जुम मार्फत अध्यक्षता गरेको कार्यक्रमको सन्चालन महासचिव मिन बि.क.ले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर