– मनिराम मञ्जिल

बाटोले सबै पैतालाको अनुहार
सम्झिरहन नसक्ला
बिन्ती पैतला तिमीले
बाटोको अनुहार कहिल्यै नबिर्सनु
तिमीले नै उसको अनुहार बिर्से
कसरी पुर्‍याउँछौ बटुवालाई
सही गन्तव्य सम्म!

बाटोले कहिल्यै बदल्दैन आफ्नो अनुहार
न त कहिले बदल्छ पुर्याउने गन्तव्य पनि
बाटो सधैं इमान्दार भएर
तिमीलाई निर्वाद यात्रा गर्न
सधैँ आफ्नो छाती बिछ्याइ रहेछ
बाटोलाई तिमीले गोरेटो नै छाडे पनि
राजमार्ग नै तुल्याए पनि
ऊ सधैँ खुसी रहन्छ…।

यदी तिमी रोकियौ भने
बाटो-बाटो रहने छैन
गन्तव्य-गन्तव्य रहने छैन
र तिमी पनि पाइताला रहने छैनौँ
जे छ त्यसलाई बचाउनका लागि पनि(बाटो)
जे छैन त्यसलाई पाउनका लागि पनि (गन्तव्य)
तिमी हिँडिरहनुपर्छ
चलिरहनुपर्छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर