
– बालकृष्ण गजुरेल
(People’s War) भनेको के हो? जनताले जनताको लागि लडिएको युध्द नै जनयुध्द हो । जनयुद्ध एक प्रकारको सशस्त्र संघर्ष हो, जसमा कुनै विशिष्ट विचारधारा वा आन्दोलनले राज्यसत्ताविरुद्ध हतियार उठाएर क्रान्ति गर्ने लक्ष्य राख्छ। यो प्रायः वामपन्थी विचारधाराले प्रयोग गर्ने रणनीति हो, जहाँ किसान, मजदुर, गरिब तथा उत्पीडित समुदायको लक्ष्य प्राप्तिमा अघि बढिन्छ । उनीहरुकै हित र उनीहरुकै अधिकार स्थापना गरिन्छ । लक्ष्यित बर्गमा निर्माण र सिर्जना गर्दै अघि बढिन्छ ।
के जनयुध्दले जनताको अधिकार स्थापना गर्यो ? गरेन । जनयुध्द यदी निर्माण र सिर्जना गर्न गरिन्छ भने सफल हुन्छ । उदाहरणको लागि जर्मनी, रसिया, चीन, उत्तर कोरियालाई लिन सकिन्छ । जहाँ भिन्न ब्यवस्था मोडेल छ । जहाँ भिन्न शाषण मोडेल छ । सिर्जना र निर्माण गर्न कल कारखाना र विज्ञानका प्रयोगशाला छन् । आर्थिक सुचांक हासिल छ । निगमन गर्न सरकारको भिन्न बडी छ । श्रमजिवीको कदर गरिन्छ । श्रम गर्नेका पक्षमा पार्टी पंक्ति उभिन्छ । जन जीवन सरल र सुलभ छन् । जातिय नारा छैन । बर्गिय उन्नती खोजिन्छ ।
जनयुध्द ब्यवस्था मोडल, बिकास मोडल, आर्थिक सुचांक र वैस्विक राजनीतिमा अस्तित्व स्थापित गर्न गरिन्छ । सुरुबाट सिर्जना र निर्माणको काम सुरु हुन्छ । २०१७ साल , २०३५ साल , २०४८ साल र २०६२/६२ को ब्यवस्था मोडेल तथा शाषण प्रणाली एउटै छ । केही भान्छे मात्र फरक छन् । पाक्ने पकवान उही छ । कसरी जनयुध्द मान्ने ? उत्तर खोज्न जनयु्ध्दको अर्थ खोजम । नारा ओकल्नु भन्दा पहिला सिर्जना र निर्माण गरम । के जनयुध्द पछि दैनिक रुपमा ७ हजार नेपालीले देश छोड्नु पर्छ त ? ५ खरव देशको ऋण बढेर २७ खरव पुग्नु पर्छ त? सिमित आसेपासे बाहेक बाँकी जनता पीडित बन्नु पर्छ त ? नेपालको निर्यात दर कति छ ? यावत प्रश्नका उत्तर खोजम । मृतहरु प्रति श्रध्दा छ । अत: उनीहरुको सपनाले साकार रुप ग्रहण गर्न सिर्जना र निर्माण हुनै पर्छ । ८ लाख स्नातक पास गरेका नेपाली जनसंख्या मध्य ५ लाखले देश छोडेका छन् । बिज्ञ बिनाको शाषण अपांग हुन्छ । अपराध मात्रै हुन्छ ।
नेपालको जनयुध्द के हो ? शक्ति राष्ट्रले चलाएको फण्डा हो । अपराधिक हत्कण्डा हो । जहाँ सिर्जना र निर्माण शून्य छ । वैस्विक स्तरमा हेर्दा राजनीतिले आत्म हत्या गरेको अवस्था छ । सत्तामा पुग्न गर्ने हत्कण्डा राजनीति मानिन्न । विचारको जग बसाल्नै पर्छ । बिकास र प्रणालीको जग बसाल्नै पर्छ । बिज्ञलाई प्राथमिकता छैन । अपराधीलाई प्राथमिकता दिइन्छ । फलस्वरुप तिनीहरुकै लागि बाह्रबुँदे गरिन्छ । एमसिसी पास गरिन्छ । चर्च खुलाइन्छ । संविधान उसैले निर्माण गर्छ । युस एड, युके एड, युरेपियन एड लगायतमा सामाजिक संस्था बिदेशी खुफिया एजेन्सीको लागि द्वन्द फैलाउन काम गर्दछन् । त्यहाँ काम गर्नेलाई सूक्ष्म सामाजिक ब्यवस्थापनको जिम्मा दिइन्छ । संकाष्पद रुपमा नारायण पोखरेल जस्ता सनातनी बिद्वान मारिन्छ । भएका कल कारखाना विस्फोट गरिन्छ । देशको सिमाना बाट दुश्मन भित्राइन्छ । आफ्ना सेनालाई दुश्मनको कर्जा दिइन्छ । बैँक तथा बित्तिय संस्था विस्व वैँकलाई जिम्मा दिइन्छ । सिधै भन्दा डिप स्टेटले स्पोन्सर गरेको अपराध जनयुध्द हुन्न । चीनलाई सात देशमा , रसियालाई ७ देशमा, मिडल इष्टलाई नयाँ अरु सात देशमा, भारतलाई सात देशमा विभाजन गर्न रचिएको हत्कण्डा के हुन् ? यी यिनै हुन् । बंगलादेशको टापु र म्यानमारको केही भाग र भारतको उत्तरी पुर्व समेटेर क्रिश्चियन देश बनाउने रणनीति र आन्दोलन तिनैका हिस्सा हुन् । जहाँ समाजलाई बिभाजन गरेर लडाइन्छ । एक पक्षको समर्थनमा मिडियाबाजी गर्दै डिप स्टेटले रणनीतिक रुपमा प्रयोग गर्छ । र प्रचार प्रचार गर्दै प्रजातन्त्रको दुहाई दिन्छ ।
टुटे फुटेका बिदेशी फर्निचरबाट जनयुध्द सम्भव छैन । न त तस्कर र अपराधिक गिरोहलाई जनयुध्दका कमाण्डर भन्न सकिन्छ ! उनीहरुले चलाइएको मान्यता स्थापित गर्ने हो भने कति पटक घाँटी रेट्न पर्छ ? तिनैलाई थाहा छ । खैर यो बिषय यहीँ त्यागौँ । नारा जनयुध्दका लगाउँदैमा जनयुध्द हुन्न । न त नतिजा हासिल हुन्छ । नतिजा के छ ? उही ब्यवस्था प्रणाली छ । जो २०१५ साल, ३५ साल, २०४७ मा थियो । हाल पनि उही छ । राणाहरुले बनाएको सिंहदरवारमा बसेर जनयुध्द जप्दैमा जनयुध्दका नतिजा हासिल गर्न सकिन्न । घटिमा आफू बस्ने भवन त बनाउनुहोस् । लाज पनि लजाएर भाग्ने बेला भैसक्यो ।
राम्रो सपना देखेर देश बनाउन हिँडेका तमाम मृत आत्मा प्रति श्रध्दा सुमन छ । मृत दिन कसैको मनोरञ्जनको बिषय हुन्न । शुभकामना दिन सकिन्न । अत: उनीहरुको सपना साकार बनाउन सिर्जना गरम । निर्माण गरम । भिन्न शाषण ब्यवस्था मोडल बनाउँ । भिन्न बिकास मोडेल बनाउँ । लक्ष्य हासिल गर्न भिन्न अनुगमन मोडेल बनाउँ । श्रमिक र किसानलाई सबै क्षेत्रमा निशुल्क गरम । पूर्ण पहुँच दिउँ । ब्यापारी र ब्यवसायीलाई मात्र करको दायरामा राखम । नेतासँग कर चौ गुणा असुलौँ । किनकी ब्यवसायीले व्यापार नगरे या नेताले व्यापार गरे दुवै पोजिसनमा देश डुब्छ ।
***
प्रतिक्रिया
-
४