काठमाडौँ – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ गत शनिबार काठमाडौंमा लोकार्पण गरियो । प्रसिद्ध कथाकार, प्राज्ञ माया ठकुरीले सो कथाकृतिको लोकार्पण गर्नु भएको हो । लोकार्पण गर्दै उहाँले विषयवस्तुलाई सुष्म ढङ्गले नियालेर कथा संरचना गरेको बताउनु भयो । विभिन्न विषयवस्तुलाई समेटेर कथा संरचना गर्ने कथाकार वैरागीको कथाकारिताको भविष्य उज्वल रहेको बताउनु भयो । अहिलेको नव पुस्तामा असाध्यै आशालाग्दा कथाकारको रुपमा कथाकार वैरागीको आगमन भएको दाबी गर्नु भयो ।

प्रा.डा. हरिप्रसाद सिलवालले वैरागीको कथा कृति ‘रित्तो हात’ ले नेपाली साहित्यमा नयाँ इट्टा थप्ने काम गरेको बताउनु भयो । समाजका यथार्थ विषयलाई लिएर सुष्म दृष्टिले कलात्मक शैलीमा कथामा प्रस्तुत गरिएका कथामा गाउँ, शहर, देश र विदेश विभिन्न परिवेशमा कथा प्रस्तुत गरिएको र कथा पढिरहँदा आफू त्यही परिवेशमा पुग्न सक्ने गरी कथा संरचना गरिएको बताउनु भयो ।

आवरण प्रकाशनको व्यानरमा भएको लोकार्पण समारोहमा कवि, कलाकार रमेश पौडेलले कथाकार वैरागीको कथाशिल्प प्राञ्जल भएकोले कृति सबैका लागि पठनीय भएको दावी गर्दै भोलि नै जापान उँड्न लागेका वैरागीले लगेजभरि सरप्राईज कोसेली लैजान लागेको भेद खोल्नु भयो । कथाकार वैरागीले साहित्यको दोस्रो कृतिले जन्म दिँदै गर्दा आफ्ना स्वर्गीय आमा–बुबा र दाइलाई सम्झदै आध्यात्मिक संसारबाट सधै आशीर्वाद प्राप्त भइरहने अपेक्षा व्यक्त गर्नुभयो । साहित्यकार सरुआस्थाले कलेजको सहपाठी साथीले साहित्यमा उचाई लिएकोमा बधाई दिनु भयो ।

दुई दशक अघिदेखि साहित्य र पत्रकारितामा लाग्नु भएका रामेछापका सीताराम दर्लामी साहित्य र पत्रकारितामा सुजन वैरागीका नामले परिचित कुशल ग्राफिक्स डिजाइनर समेत हुनुहुन्छ । उहाँले २०६७ सालमा पहिलो कृतिको रुपमा मुक्तकसङ्ग्रह ‘पर्खाइका पलहरु’ प्रकाशित गर्नु भएको थियो भने ‘पल्लवी रातहरु’ संयुक्त कृति प्रकाशित भई सकेका छन् । रुमानी साहित्यिक पत्रिककाका कार्यकारी सम्पादक रहनु भएका वैरागीको अन्य थुप्रै पत्रिकामा सम्पादक भएर काम गरिसक्नु भएको छ । वहाँका केही गीतहरु रेकर्ड भएर प्रसारित र प्रचारित छन् ।
अमेरिकाको डाइनामिक बुना इन्क र ब्लाइन्ड कोर्पले प्रकाशन गरेको यो कृतिमा १९ ओटा पठनीय कथाहरु सङ्ग्रहित छन् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर