गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले अर्थतन्त्रको आधार सहकारी भएको बताएका छन् ।

सहकारीलाई समेटेर बनेको नेपालको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्वपूर्ण रहेको बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले सहकारीको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले पर्यटन, जलविद्युत्, उद्योग, व्यापारलगायतका क्षेत्रमा सहकारीले लगानी बढाउँदै गएमा अर्थतन्त्रमा टेवा पु-याउन सकिने बताए । उनले गण्डकी प्रदेश सरकारले सहकारीलाई रचनात्मक ढङ्गले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर