– सुस्मिता अर्याल

गजल १

जब पिडाले आमाकाे मुहार अँध्याराे हुन्छ
झुपडी  हाेस  या त्याे दरबार अँध्याराे हुन्छ

टुकीको गन्ध पनि नमिठाे  लाग्छ  तिमीलाई
मेराे त टुकी विना घरकाे श्रृङ्गार अँध्याराे हुन्छ

एउटी विधवाले सिन्दुर सम्झन्छे टिका सम्झन्छे
हेर्नुहाेस त  उसकाे  निधार  अँध्याराे  हुन्छ

मिलन पनि सधैं मिठाे कहाँ हुन्छ र प्रिय
जब दुइपरेली जाेडिन्छ संसार अध्याराे हुन्छ

गजल २

जब  अक्करकाे फल  टिप्ने मन भैदिन्छ
अनि खतरा र संघर्ष पूर्ण जीवन भैदिन्छ

दाैलत नै सबथाेक हैन पनि कसरी भन्नू ?
कसैकाे आत्माहत्यकाे कारण धन भैदिन्छ

तिमी  मेराे मित्र हाै भनी के  विश्वास  गर्नु ?
फलामकाे मित्रपनि शत्रु पनि आरन भैदिन्छ

आज भूइँकाे धुलाे सम्झेका छाै जिज्ञासुलाई
पर्ख भाेलि  त्यसकाे परिणाम गहन भैदिन्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर