– सुरेशकुमार पाण्डे
“बाबा त्यो के हो हेर्नुहोस् त ?”- पप्पुले बाटोमाथि एउटा बारीमा देखाउँदै भन्यो।
“आहा कति राम्रो सुन्तला फलेका रहिछन्। खान्छौ ?”- बारीमा सुन्तला लटरम्मै फलेको देखेर अरविन्दले आफ्नो सानु नातीलाई भन्यो।
“सुन्तला पनि यसरी फल्छ बाबा ?” दश वर्षिय नातीले प्रश्न गर्यो।
“हो नी यसरीनै फल्छ, कति राम्रो पाकेका छन् । खाने विचार छ बाबुलाई ? “- अरविन्दले सोध्यो।
“ल्याइदिनु न बाबा !” पप्पुले अरविन्द तिर मुस्कुराउदै भन्यो। चिसोको मौसम भएपनि तेज घामले गर्दा अरविन्दलाई पनि पानी तिर्खा लागेको थियो। ” तिमी यतै बस म सुन्तला टिपेर ल्याइदिन्छु।” – अरविन्द नातीलाई सम्झाएर बारीमा पस्यो।
जसै बारीमा पसेको थियो माथिबाट एकजनाले उसलाई हकार्दै दौडेर आयो ।
“हजुरलाई लाज लाग्दैन आर्काको बारीमा यसरी चोरी गर्दा ?”- उसले अरविन्दलाई हकार्दै भन्यो।
अरविन्दले उसलाई तलबाट माथिसम्म नियाल्य र त्यो बारी तिर हेर्यो । उसलाई आफ्नो बाबाले भनेको पुरानो कुरा सम्झना भयो, -“छोरा अहिले जसलाई काम नलाग्ने भनेर हेला गरेका छौ कुनै दिन त्यो माटोले तिमीहरूलाई मेरो कुरा सम्झाईदिने छ।अहिले अर्घेलो बनाएको त्यो पाटोले पौरख पायो भने त्यहाँ सुन फल्न सक्छ। अनि तिमीहरू त्यो देखेर लालयित त हुन्छौँ तर धेरै अबेर भईसक्छ।”
“हजुर खानेमन लागेको भएपनि माग्नु परथ्यो पैसा नभएपनि एउटा डुइटा सित्तैमा दिन सकिन्थ्यो।हजुरलाई लाज लाग्नुपर्ने चोरी गर्दा। “उसका पिरा कुरा सुनेर अरविन्द झसङ्ग भयो।
“माफ गर भाइ गल्ती भयो मेरो नातीलाई खान मन लागेर मैले भुंले यो बारीमा मेरो अधिकार छैन भन्ने कुरा।” त्यती भनेर ऊ फर्किन खोज्यो।
“लिनुहोस् दाई बाजे नातीलाई एक एकगोटा खानुहोला।यसको मलाई पैसा दिनुपर्दैन।”- उसले दुइगोटा सुन्तला टिपेर हातमा थमाउदै भन्यो।
***
प्रतिक्रिया
-
४
