– शैलेन्द्र पि बोहरा

१,
अब उसलाई बिर्सिनुपर्छ भन्ने भाव कहिले भएन,
बढिरह्यो झन पिर वेथाहरुको दबाव कहिले भएन,
तिम्रो अभाव भई नै रह्यो बरु सधैं मेरो जिन्दगीमा,
रोइरहे म सम्झिदै यादहरुको अभाव कहिले भएन,

२,
सम्झनाहरुले सताउँछ बारम्बार पनि छैन
बस्यो माया फेरि उसैसँग अपार पनि छैन
उही मान्छेको माया किन लाग्छ यति धेरै
जसलाई माया गर्ने मेरो अधिकार पनि छैन

३,
देश र जनताको लागि नयाँ कदम चाले कसो होला
अधर्मी दलाल लोभी भ्रष्टहरुलाई फाले कसो होला
अब तत्काल आईरहेको चुनावमा लौ भन्नुस् हजुर,
गलतलाई छोडी सही मान्छेलाई भोट हाले कसो होला

४,
हटाएर मनमा आफ्नो पन टाढिदो रहेछ मान्छे,
हुनेखानेवाला भएसी झन् टाढिदो रहेछ मान्छे,
धन पैसा नकमाउञ्जेल रहेछ मान्छे नजिक हुने,
कमाएपछि सम्पति जन धन टाढिदो रहेछ मान्छे,

५,
सताएपछि तिम्रा यादहरुले पलपल भएको हूँ
मन् परेपछि तिमीमा हराउन सफल भएको हूँ
मैले माया गरेको मान्छे अरु कसैको भैसकेछ,
त्यही भएर मायाकाे संसारमा पागल भएको हूँ

***

प्रतिक्रिया

सम्बन्धित खवर