
– राजकुमार राजभण्डारी खाेटाङ्गे
१
नेताहरू सस्तो लाेकप्रियताकाे निम्ति मात्रै नखाेक खाली
भ्रष्ट दुर्गन्धित हौ तिमीहरू त नेपाल देशको बहुतै जाली
सबै जनता साेझा अन्धभक्त छैनन् कुरा बुझ्ने पनि छन्
त्यसैले त जनता ढाँट्ने काेही कसैले पाउने छैनौ ताली।
२,
देश बनाउने युवाहरूलाई बारूद गाेलीले भुटेपछि
भौतारियर हिँड्न थाल्यौ सत्ताकाे स्वादबाट छुटेपछि
जनताकै पसिनामाथि रमाएका थियौ भ्रष्टहरू अब भन,
कसरी जोड्छौ अकुत धन सम्पत्ति तिम्रो पद टुटेपछि
३,
जिन्दगीकाे ठेगान छैन जीवन तिमीसँगै कटाउन पाऊ
मुटुको ढुकढुकी चल्दा सम्म त,तिम्रै हात समाउन पाऊ
भुलबस् प्रेमको त्यो वृक्ष अचानक काटिए पनि पुनः हामी
प्रकृतिकाे उपहार स्वरूप मुना बनेर पलाउन पाऊ।
४,
म रिसाए झै गरुँला, तिमी भने रुए जस्तो गर्नुपर्छ
दयालु मेरो नयनकाे वरिपरि प्रिय तिमी पर्नुपर्छ
काेही कसैले हाम्रो मायाको बन्धनलाई टुटाउन खाेजे
त्यस्ताकाे भनाइ तिरस्कार गर्दै सहजै आँखा तर्नुपर्छ।
५,
आमासाथमा हुँदा हुँदै अबाेध शिशुले बाेतलबाट दूध पिउनुछ
स्तनपान गराउनु साटो सभ्यताको नौटङ्की मञ्चन गर्दै जिउनुछ
दुधकाे स्वाद स्तनपान गर्नेलाई थाहा छ,नगर्नेले खै के नै बताउँ
माया नपाएर फाटेकाे त्यो मन आमाको काखमा बसी सिउनुछ।
***
प्रतिक्रिया
-
४