– प्रा.डा. विदुर चालिसे

लामाे वार्तालाप भयाे । वार्तामा सकारात्मक कुरा पनि भयाे । कुराकाे चुराेकाे व्याख्याले कान टट्टायाे । सुनियाे, बुझेझैँ  भयाे । काम गर्ने हाैसला बढ्याे ।

त्यसपछि सडकतिर ओर्लेँ, सडकमा एकजना चिनेजानेकाे अमीरसँग भेट भयाे । उसले मेराे नाकै छेउमा आएर रिसले चुर हुँदै ओैँलाे ठड्याएर भयाे,
-“बुझ्नुभयाे, काजी ? अब एकढिक्का हुनुपर्‍यो ।”
मैले कुरा बुझिनँ ! दाेहाेर्‍याएर काजीलाई साेधेँ,
-” के काे लागि ?”
राताे न राताे मुहार लगाएर गुलाफी तागतले उकुसमुकुसका साथमा छटपटाइरहेका थिएँ । उनकाे मुखबाट जवाफ अवाक् निस्कन्थ्याे,
-“चाैरासी !”

उनकाे अस्पष्ट जवाफले मेराे कानका राैँ ठाडा भए । तालुका राैँ सल्बलाए । नाकका राैँ फुरफुरिन थाले । ‘यिनले चाैरासीकाे चुनावमा टिकट ल्याउने भए’ भन्ने लाग्याे । त्यसपछि ती त्यसै अलप भए ।  चुनावकाे सुइँकाे पाएर म पनि टिकट खाेज्न सबैतिर धाउन थालेँ । यता गयाे, उता गयाे, आखिर कुराे त्यसैकाे रहेछ । हार गुहार गरेँ, कुराे कसैले सुनेन । खाजा खुवाएँ, कान समातेर प्रतिज्ञा गरेँ, कतिले त हावा उडाएर भन्न थाले,
-“सङ्घर्षकाे इतिहास बेच्नुभन्दा यथार्थकाे गनिमतकाे भाउ खर्च गर्नाेस् ।”
‘भाउ’ भन्ने शब्द सुन्नासाथ मेराे मनमा एकप्रकारकाे वैराग्यभाव सिर्जना भयाे । आफूले आफैँलाई भाउ राख्न र बजारमा बेच्न थालेँ । भाउ बेच्दैजाँदा फाैवन्जारले साेध्याे,
-“के तपाईँसँग हिम्मत छ ?”
-“केकाे हिम्मत ?”
-“चुनाव लड्ने !”
-“कसले टिकट दिन्छ र ?”
-“ल ! तपाईँ पनि ! चुप लागेर काेठामा बस्नाेस, तर तपाईँकाे भाउकाे झाेलाचाहिँ मलाई दिनाेस् ! झाेलाभरि टिकट चाहिए जति पनि म व्यवस्था मिलाउँछु ।”

त्यसपछि फाैवन्जारलाई भाउकाे झाेला दिएर पर्खेर बसिरहेँ । केही समयपछि मलाई बधाई दिँदै भन्याे,
-“अब तपाईँकाे पनि चाैरासी पक्का भयाे ।”
भान्सा काेठामा र्‍याङर्‍याङ गर्ने सिल्बरकाे थाल थचारेर हकार्दै स्वामिनीले भनिन्,
-“खाेक्राे पेटले कसरी चाैरासी हुन्छ ?”
-“हुन्छ हो, हुन्छ ! त्यतिबेलासम्म एक थाल मासुभात त खाइहालिन्छ नि नकराऊ न !”
-“हुन्छ, हुन्छ त्यही गराैँ !”
अर्काेदिन मलाई टिकट दिने पार्टीले नेतृत्व हाेडकाे घाेषणा गर्‍यो,
-“अब पार्टीमा भाेकमरी सुरु !”

***

प्रतिक्रिया

सम्बन्धित खवर