
– टीका सिवाकोटी
“मानो रोपेर मुरी उब्जाउनु पर्यो नि!” माईला बा हलो जुवा नारेर खेत जोत्न थाले।
त्यो देखेर देखेर काँइलाले अचम्म मान्दै भने।
“हैन हौ यो बुढेसकालमा कत्रो बल?”
“ज्यान रहुन्जेल दुईछाक खानु पर्छ। त्यसका लागि उब्जाउनु पर्छ । बरु फ्याउरी लगाउने बाउसे पुगेको छैन्।
फ्याउरी बोकेर आऊ पछि पर्म तिरौला !” माईला बाले आशावादी हॅुदै भने।
“हुन्छ नि त , पर्म नै हो। हल्लुण चाँहि दरो रहेछ । हत्तपत्त नचुट्टीने। काँइलाले हल्लुण देखॅाउदै भने।
“हो हिजो अस्तिदेखि नै सोइला ,जोतारो, अना, हरिस, फाली, ठेडी सबै फेरफार गरी तयारी अवस्थामा राखेको थिए नि त!
त्यसैले बर्षा शुरु हुने बित्तिकै मेलामा गोरु नार्न पाईयो। ““माइला बाले बत्तिसा देखाउॅदै भने।
“पानी परेर सबैलाई भ्याई नभ्याईछ। पर्म पनि पो पाईन् । बिउ काड्न र रोपाईको दिन रोपारहरु पाउन पनि गार्हो छ।” काँइलाले समस्या सुनाए।
सिमसिमे पानी परिरहेको थियो। माटोको बासनाले धर्ती मगमगाई रहेको थियो। दबदबे हिलोमा धान रोपीरहेकी पारुले सोधी। “ माईला बा ! रोपाईको दिन मेलोमा घरका मान्छेहरु खै देखिदैनन् त? कि गए महोत्सवतिर?”
माईला बाले निधारको पसिना गाम्छाले पुछ्दै भने -“बुढी माउ खाजा बनाएर लिएर आउॅदैछे। छोराबुहारी उ बिउ काड्दै छन्। उनले अलि रिसाउँदै बिउ हातमा लिएर भने – “धानको बिउ माला घाटीमा लाउँदा के धान फल्छ? किसानलाई सधैँ धान दिवस!”
***
प्रतिक्रिया
-
४