
– प्रमुना पाैडेल
१,
देखिन छोडिदिन्छु सपनीमा झल्झल्ती भनिदिए
यस्तै छ मेरो निर्दयी यो शहरको चल्ती भनिदिए
कसैको प्रतिक्षा गर्ने थिएनन् सायद आँखाले पनि,
जानीनजानी मैले तिमीप्रति गरेको गल्ती भनिदिए।
२,
आँखा अघि नै जलको भीषण धार उभिन सक्छ
थाहा छैन खै कहिलेसम्म लगातार उभिन सक्छ
जो अघि बढ्छ सफलता हात पार्ने बोकेर सपना,
चुँडिएको चप्पलमा पनि त संसार उभिन सक्छ।
३,
साँच्चो अनि चोखो मायाको बन्धन बचाएको छ
मुटु छियाछिया हुँदा पनि धड्कन बचाएको छ
जसलाई प्रयोग पछि फोहोरमा फालिएको थियोे ,
आज उसैले कलिला मुनाको जीवन बचाएको छ।
४,
भइरहेको छ दिमागमा खलबल के नियन्त्रण हुन्थ्यो
गरेपनी समाजमा बसेर छलफल के नियन्त्रण हुन्थ्यो
मन जलाउन खप्पिस रहेछाै तिमी बलेको छ दनदनी,
निभाउन खोज्छाै बोलाएर दमकल के नियन्त्रण हुन्थ्यो ।
५,
सन्चो बिसन्चो के छ बोली सम्झिदैन कहिल्यै
हिजो आज न त अब भोलि सम्झिदैन कहिल्यै
कयौं भोको पेट पिठ्युँ बोकी हुर्काएको छोराले,
बाको टोपी र आमाको चोली सम्झिदैन कहिल्यै ।
***
प्रतिक्रिया
-
४