
– सुधिरकुमार सुमन
एस एल सि को रिजल्ट पछि के पढ्ने भनेर निर्क्यौल नै गर्न सकेको थिइन।यो फुक्का लाइफ बडो इन्जोय भै रहेको थियो।एक्कासी बिहानै बाबाले।”फलानो क्याम्पसमा इन्ट्रान्स छ रे जा” भनेर भन्दा पो झसङ्ग भए।
जुल्फी परेको कपाल सर्लक्क पारे।हिरो बनेर लागे कलेज तिर।इन्ट्रान्स को लागि फर्म पनि भर्नु थियो।कलेजको अन्तिम इन्ट्रान्स थियो।फर्म भर्न रिसेप्सन तिर जान के लागेको थिए।आँखा अगाडि परिको आगमन भयो।गाजलु आँखा,लरक्क परेको झरनाजस्तो कपाल पिठिउ सम्म आइपुगेको।ओहो म नाथुले कसरी वर्णन गर्नु।उनी पनि इन्ट्रान्स दिनको लागि नै आएकी रहेछिन।सायद अरु सबैले फर्म भरेर गै सकेका थिए रिसेप्सन मा हामी दुई मात्र थियौ।
उनी आफ्नो कोमल हातले कलम घुमाउंदै फर्म मा आफ्नो बिबरण सजाउंदै थिइन।म भने उनको सुन्दरताको रसपान गरिरहेको थिए। उनी भने मलाइ हेर्दा पनि नहेरी आफ्नै धुनमा मस्त थिइन।बिहान हिड्ने बेलामा सबै कुरा सम्झिएको थिए।चस्मा लगाएकै थिए,बास्नादार अत्तर पनि छर्किएको थिए,अलि अलि जेल लगाएर जुल्फी पनि लर्काएकै थिए।तर भुल्नै नहुने कलम पो बिर्सेको रहेछु।एक मन त सोचे ठिकै भयो।कुन बहाना बनाएर बोलुं भन्ने भैरहेको थियो।कलम माग्ने बहानामा बोल्न मलाइ पनि सजिलो हुने देखें।मन मा लड्डु फुट्न थालिहाल्यो।
उनले फर्म भरिसकेर पुलुक्क म तिर नजर लगाइन।उसै त उनको सुन्दरताको तिरले घायल भएको यो निरीह उनको नजरको बाण लागेपछी त म भुतुक्क भए।उनले मलाइ हेरेर सोधिन”तिमी पनि फर्म भर्न आएको हैन र।फर्म नभर्ने”। अघि सम्म कसरी बोली सुरु गर्ने होला भनेर योजना बनाइरहेको म उनले आफै बार्तालाप सुरु गरिदिदा पागल जस्तै भएको थिए।तर पनि मनले कन्ट्रोल कन्ट्रोल धेरै एक्साइटेड नभ भाइ भनिरहेको थियो।”म सङ्ग त कलम पो छैन त।तिमिले भरिसक्छौ अनि कलम मागौंला भनेर कुरेर बसेको”।उनले पनि मुसुक्क हांसेर कलम मेरो हातमा थमाइन।फर्म भर्दा पनि उनी मलाइ नै हेरेर मुस्कुराइ रहेको जस्तो भैरह्यो।त्यो मुस्कान यो मुटुमा यसरी गढ्यो सायदै आकाश बाट वर्षा बर्शिदा फूलहरु त्यसरी नै मुस्कुराउंथे होला।”कति बेर लगाको चाडै भर न”।उनले मलाइ काधमा थप्थपाउंदा पो म झसङ भए।ओहो कल्पनामा पो डुबिएछ।हतार हतार फर्म भरेर सकें।
रिसेप्सन को घडिमा भर्खर १०:३० भएको थियो।इन्ट्रान्स २ बजेबाट सुरु हुने भनिएको थियो।उनले सोधिन”अब यत्रो समय कहाँ गएर बिताउने त”।मन त कतै क्याफे तिर, कतै पार्क तिर उनिसङ्ग जान पाए ,केही प्रेमिल कुराहरु गर्न पाए हुन्थ्यो भन्ने थियो।तै पनि मन मारेर तिम्रो इच्छाको प्यासेन्जर जता भन्छौ तेतै लैजाउ भन्न करै लाग्यो।”त्यसो भए लाइब्रेरी जाउं।उतै बसेर कम्बाइन स्टडी गरौला”।उनले भनिन।म उनको पछाडी पछाडी स्वचालित कठपुतली झै लागे।
बिहान घरबाट निस्किदा घर नजिक को मन्दिर मा घणटी बजाएर आएको थिए।त्यसैले होला लाइब्रेरी पनि खाली थियो।लाइब्रेरिमा साइलेन्स प्लिज लेखिएको बोर्ड हेरेर उनी र म दुबै हास्यौ।सायद उनलाइ पनि म सङ कुरा गर्ने मन थियो होला मलाइ त झन नहुने कुरै भएन।भित्र सुनसान थियो।हाम्रो युगल जोडि मात्र थियौ लाइब्रेरी भित्र।उसो माथी कसरी बातचित सुरु गर्ने भनेर सोच्न नसकेको म त्यै माथी साइलेन्स प्लिज भन्ने बोर्ड देखेपछी त ब्यार्थै आइएछ जस्तो लाग्यो।
साइन्स बुक निकालेर हेर्न थाले उनी पनि म नजिकैको कुर्चिमा बसिन।कत्तिन पढन्दास मान्छे झै म भने उनलाइ हेर्दै नहेरी किताबमा आँखा लगाएर बसें केही बेर उनकै मुस्कान सम्झिदै बसिरहे पढेको जस्तो गरेर।एक्कासी “तिमी पढ्न आको हो,केही पनि बोल्दैनौ त।इन्ट्रान्स मा टप गर्ने बिचार छ क्या हो? आफू अगिनै बाट तिमी कति खेर बोल्छौ भनेर कुरेर बसेको”।उनी बाटै बातचित सुरु भै गयो।मनमनै कति खुसी भए सायद शब्दमा कसरी बयान गर्नु।म त कल्पनामा नै मग्न थिए।त्यै घायल पार्ने मुस्कान नै मुटुमा गढेको थियो।लाग्दै थियो अब मन ले यो भन्दा बढी खुसी झेल्नै सक्दैन।बोलि रहन पर्ने मान्छे म आज किन चुप्चाप थिए आफै दङ्ग थिए।”तिमी साच्ची नबोल्ने?”उनले फेरि प्रश्न तेर्साउदा त म झसङ्ग भए।”लो कुरा गरौ न त”उनी तिर हेर्दै मुसुक्क हासेर भनें।
नरम हात म तिर तेर्साएर भनी”तिम्रो नाम के हो नि”?
“म प्रग्यान तन्डुकार।अनि तिम्रो नाम शुश्मा सेढाइ है”।मैले यति भनेको के थिए।
उनी त लाजले रातै भइन।त्यो धपक्क बलेको अनुहार तेसैमाथी गाला हरु स्याउ जस्ता देखिँदा त मन तेसै भुतुक्क भैहाल्यो।उनले लजाउदै सोधिन”ओहो कसरी थाहा पायौ मेरो नाम।तिमी त ज्योतिसी हो कि क्या हो? मैले पनि मुसुक्क हास्दै भने “अघि तिम्ले फर्म भर्दा हेरेर बसेको थिए नि त मैले।अझ फोन नं पनि घोकेको छु”।
“हैट तिमी त खुबै बाठो मान्छे रहेछौ।किन घोकेको त अर्काको नं”?
“साथी बनाउन नि”मैले हासेर जबाफ दिए।
“भो नबन्ने यस्तो बाठो नेवार सङग साथी।नेवार इष्ट हुदैनन रे हाम्रो बाले भनेका”।उनी पो झन मलाइ जिस्काउन थालिन।”मलाइ त बाले बाहुनी हरुकै सङत बढी गर है भन्याछन है”।मैले पनि जिस्किने मनासाय ले भने।”साथी बन्ने भएपछी त दुबै तिर बराबर हुनु पर्यो नि।यसरी पनि साथी बनिन्छ”।उनले मुस्कुराउदै भनिन।”कसरी बराबरी गर्ने होला त अब।बराबरी त आफ्नो मनले पो सोच्ने हो नि”।मैले पनि दर्शन छाटे।”हेरन कत्ती बोल्न जानेको नेवार कोदे।खुरुक्क मलाइ पनि तिम्रो नं देउ त।अनि बल्ल बराबर हुन्छ”।
म त खुसिले पागलै हुन्छु जस्तो भएको थियो।कापिको टुक्रामा नं लेखेर उनको हातमा थमाइदिए।कति चाडो २ बजेछ पत्तै भएन।
हतार हतार इन्ट्रान्स दिनको लागि क्लास छिरियो।समग्र मा दुबैको इन्ट्रान्स राम्रै भयो।फोन गरेर फेरि पछि भेट्ने बाचाको साथ मन अमिलो बनाउदै आ आफ्नो बाटो लागियो।
उनको अर्को कलेजमा पनि नाम निस्किएछ।राम्रो कलेज भएको हुनाले उनी उतै पढ्ने भइन।कलेज बेग्लै भए पनि हाम्रो मित्रता जिवित नै थियो।कहिले उनिले फोन गर्थिन कहिले मैले फोन गर्थे।बेला बेलामा भेट्घाट पनि चलिरहन्थ्यो।कहिले काहीँ त मायाको प्रस्ताब पनि राखी हालौ कि भनेर आंट नगरेको पनि हैन।भैरहेको मित्रता पनि टुट्ने डर थियो।मनको माया मनमै थियो।
कति चाडो २ बर्श बित्यो पत्तै भएन।१२ को इक्जाम सकेर हामी धेरै चोटि भेट्यौ।अह उनलाइ माया गर्छु भनेर कहिले भन्न सकिन।हामी दुबैजना टोफेल ,आइएल्टिएस को तयारिमा थियौ।रिजल्ट मा उनको धेरै राम्रो नं आएको थियो।आफू परियो एभरेज बिध्यार्थी।
क्याफेमा भेटेर उनको पास भएको पार्टी खाइयो।त्यो दिन त स्योर पर्पोज हान्छु जस्तो लागेको थियो तर मन हुतिहारा नै भैगयो।उसै माथी उनका कलेजका अरु साथी हरुको अगाडि ती कुरा हरु निकाल्न सम्भब पनि लागेन।
एक दिन बिहानै उनको फोन आयो।खुसिको खबर छ दिउँसो त्यै अस्तिको क्याफेमा आउ है भनिन।मन चन्चल भयो कस्तो खुसिको खबर होला।उनले भनेको भन्दा १५ मिनेट अगाडि नै क्याफे पुगे।क्याफेमा त्यै अस्ति पास भएको पार्टी गर्दाको साथी हरु पहिला नै आइपुगिसकेका थिए।उनी पनि आइन एक छिन पछि।साथी हरु सबैले बधाइ दिए।म अनभिज्ञ थिए के को बधाइ होला भनेर।उनैले नजिक आएर भनिन”काले म अमेरिका जाने भए नि फर्दर स्टडिको लागि”।मन भक्कानिएर आयो।केही बोल्नै सकिन।सानो स्वरमा बधाइका शब्द दिएर घर आइपुगे।
त्यसपछी उनिसङ कहिले पनि भेट भएन।मेरो अघोषित प्रेम गर्भमा नै तुहियो।उनकै यादहरु मात्र मानसपटलमा राखेर जिन्दगिको रथ हरु अगाडि बढाउदै थिए।आज अचानकै फेसबुकमा उहीँ तस्बिर उहीँ मुस्कान उहीँ केश राशि भएकी परि पिपुल यु मे नो भनेर देखायो।अचम्म सुश्मा सेढाइ पौडेल लेखेको थियो नाममा।कसैको त आमा बाबा दुबैको थर लेख्ने चलन हुन्छ क्यारे यस्तै सोचे ।मन फेरि पुराना दिनमा फर्कियो।अब फेरि मनमा केही आशा पलाएर आयो।खोले उनको प्रोफाइल।अब त जसरी भए पनि पर्पोज गर्छु भनेर रिक्वेस्ट पठाए।अनि लागे उनको प्रोफाइल छापा मार्न तर्फ।तस्बिर मा उनी पहिले जस्तै देखिन्थिन।२/४ तस्बिर आफ्नो कम्प्युटरमा शेभ पनि गरे।तल तल स्क्रोल गर्दै थिए एउटा तस्बिरमा पुगेपछी आँखा अडियो।टाउको घुमाएको जस्तो भयो।कता कता मन भक्कानिएर आयो।तुरुन्तै फ्रेन रिक्वेस्ट क्यान्सिल गरे।डेक्स टपको तस्बिर हरु डिलिट गरे।अझ मन मानेन।फेरि प्रोफाइल खोले।मेरो अघोषित प्रेम घोषणा नै नगर्ने निर्णय गरेर उनलाइ ब्लक गरे।अनि नारायण गोपालको “जुन फूल मैले रोजेको थिए…..”गित सुन्दै बेडमा पल्टिए।
***
प्रतिक्रिया
-
४