
– नवराज न्याैपाने ‘माैन’
गजल १
पखालेर आँखा गयाे जिन्दगानी
कहाँ मिल्छ आशा सँगाल्ने जवानी
गरेँ आज बिन्ती दुई हात जाेड्दै
तिमी रुष्ट बन्छौ नजानेर बानी
गयाे आज बेला भएँ वृद्धजस्ताे
कहेँ सूक्ष्म गाथा कुनै डर नमानी
कठै भन्न सक्छाै भुलाएर पीडा
तिमी राख्न सक्छाै बनाएर रानी
कुरा बुझ्न गाह्राे हुनेछैन हेर
नढाँटी भने हुन्छ सम्झेर सानी
( बहर: मुतकारिब मुसम्मन सालिम)
(छन्दःभुजङ्गप्रयात)
गजल २
अघि बढ्न सकूँ अति प्रष्ट बनी
गति वेग लिदै नव मार्ग खनी
यसरी म हिडेँ उसरी म चलेँ
किन काट्नु कुरा गुण दाेष गनी
समभाव भए मन शान्त हुने
धन छैन सखे मनमा छु धनी
विधिका कुरामा यदि चल्न सके
दिल खिच्न सकूँ कविता नभनी
जब ‘माैन’ बसेँ दिलभित्र पसेँ
मनमा गफ फुर्छ मिले चटनी
(बहर: मुतदारिक मुसम्मन मख्बून)
(छन्द: ताेटक)
***
प्रतिक्रिया
-
४