
– बालिका बान्तवा
जब एकान्तमा टोलाई रहे
एक्कासी पर पर क्षितिजबाट
मधुर आवाज गुञ्जियो
मलाई प्रिय लाग्ने आवाज
मेरो नाम लिएर
उ मलाई नै पुकारी रहेछ
हावाको झोक्कासंगै
बिस्तारै बिस्तारै
मलाई छोएर बहिदियो
मलाई तृप्त पारेर
मैले महसुष गरिरहे
उसको उपस्थिती
मैले महसुष गरिरहे
उसको न्यानो स्पर्श ,
अनि केही क्षण हराए
उसंग संगै आफैभित्र
माया प्राप्ती मात्र हैन रहेछ
माया संगै रहनु मात्र पनि हैन रहेछ
नछोएर छोईरहनु
टाडा रहेर पनि सामिप्यता
महसुष गराउनु
महसुष गर्नु पनि माया रहेछ
ओ प्रिय मन।
***
प्रतिक्रिया
-
४