– गंगाराम ढकाल

“जुलुसमा जनमानस् भरिभराउ थिए, मान्छे आउदै थिए, धेरैलाई बाटैबाट तितरबितर गरेर भगाईयो । अरु एकघण्टा अश्रुग्यास नहानेकोभए र मञ्चमा भाषण गर्न दिईएको भए, सायद मान्छे अटाउने ठाउँ हुन्थेन होला ।” दिनभरि आन्दोलनमा सहभागी रुक्मांगतले गफलडाउदै थिए ।
“लोकतन्त्र, संघिय गणतन्त्र नै राम्रो भन्छन अनि जनता किन यतिसारो बिरोधमा उत्रेका होलान् ? – रबिलालले सोधे। ”

“गणतन्त्रमा राम्रो काम गरेको भए यस्तो माहोल तैयार हुने थिएन । नेपालमा लोकतन्त्र हैन लुटतन्त्र आएको रहेछ । काम गर्ने कर्मचारीको लागि तलब खुवनउने पैसा छैन । देशमा बिकास छैन, आयश्रोत छैन, सङ्घीयता लाधिएको छ । एउटा सरकारले चल्थ्यो आठ ओटा सरकार राखिएको छ । प्रदेश खारेज गरेर एकात्मक शासन प्रणालि बनाए बरु विकास हुन्छ । ” – रुक्मांगतले प्रष्टाए ।

“त्यो त सर हामीले पनि भनिरहेका छौँ।”-रबिलालले भने ।
“फेरी कसले रोक्यो त ? हजुरहरूलाई थाहा छ यो सङ्घीयता ठिक होइन फेरी पनि त्यसैलाई जोगाउँदै हुनुहुन्छ ? त्यही प्रदेशमा मन्त्री बस्ने ..! ”
अनि प्रतिगामी को हो त ? “- रुक्मांगत जंगिए ।
“त्यसोभए अब समाधान उपाय के छ त ?” – रबिलाल जिज्ञासा राखे ।

“हात्तीको आहारा जिराको दाना, टिकाउनै गार्हो भएसी संघियता खारेज गरिदिनु । ॐकार सापेक्ष, अन्य धर्म स्वतन्त्र हुनुपर्छ । चुनाब खर्च महंगो छ, निर्वाचन समानुपातिक राखिदिनु, पार्टीगत चुनाब हुन्छ, ब्याक्तिलाई खर्चको भार पर्दैन । प्रत्यक्ष जनताबाट कार्यकारिणी प्रधानमन्त्री चुन्दिनु । सम्बन्धित बिज्ञहरु मात्र मन्त्री हुने र सम्बैधानिक राष्टध्यक्ष सम्मानित पद मात्र हुनेगरि राखे समाधान हुने देख्छु ।”- रुक्मांगतले बताए ।

तेति बुद्धि रावणको भएको भए लंका बिनास हुन्थेन । दुर्योधन सुध्रेको भए महाभारत युद्ध हुन्थेन । मर्ने बेलाका देउवा, ओली, प्रचण्डका घैटामा घाम कैले लाग्ला र ? ,, बिनासकाले बिपरित बुद्धि ।” -रबिलाल टाउको समाए ।

***

प्रतिक्रिया

सम्बन्धित खवर