– देविका मंग्राती राई

१,
अट्टालिका तयार छन् खेतका उर्वर  माटोमा
तैलीय चित्र टाङ्गिएका छन् धानको साटोमा
जनसंख्या वृद्धिले त संसार साँघुरिँदै जाँदैछ
धानका बिउ अलपत्रै छन् अलकत्रे बाटोमा

२,
लटरम्म साहित्य फलेपछि जाती सुरक्षीत हुन्छ
एकवद्ध भै लेखौं अवश्यै  सफलताले शिखर छुन्छ,
लेखौं पढौं नेपाली साहित्य, अनुवाद गरौं र गराऊ
अन्तर्राष्ट्रिय स्तरमा पुराए साहित्य अवश्यै विश्वले सुन्छ

३,
विपद त सबैलाई आउछ, यसैले मन्त्र जपेर बस्नु
जीवनमा आरोह अवरोह  छाउछ खपेर बस्नु,
समय बलवान छ, दिन पछि रात हुन्छ अवश्यै,
संसारको नियम पालन गरि सहिष्णुता थपेर बस्नु

४,
शैल्य चिकित्सा पश्चात रोगीलाई व्यायाम गराउँदैथी,
डाक्टर छोरी मानव पशुहरू देखेर पनि डराउँदैथी,
अमानव, क्रुर र दयाहीन, ढुँङ्गाका मुटुहरूले नग्न बनाई,
लुट्न, लुछ्न र टोक्न थाल्दा असह्य पिडाले कराउँदैथी

५,
यो कुरा सबै नारीले दिमागमा कोच्नु पर्छ
व्यभिचारीहरूलाई अब भाला घोच्नु पर्छ
पुत्र मोहमा परेर पक्ष लिन बन्द गर कुपुत्रको
आमा होइन कहिले काली भएर नि सोच्नुपर्छ

प्रतिक्रिया

सम्बन्धित खवर